arrow

शिलाले थकाईन् क्यालिफोर्निया

जनवरी ३० तारिखका दिन आयोजना गरिएको सन्नीभेल रमाझमा साँझमा शिलाले आफ्ना चर्चित गीत प्रस्तुत गरिन् ।

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
IMG_5258.JPG.jpeg
काठमाडौं । निकै चर्चित लोक गायिका शिला आलेले अमेरिकाको क्यालिफोर्निया स्थित सन्नीभेल शहरमा साँगीतिक धमाका प्रस्तुत गरिन् । जनवरी ३० तारिखका दिन आयोजना गरिएको सन्नीभेल रमाझमा साँझमा शिलाले आफ्ना चर्चित गीत प्रस्तुत गरिन् । 

केही महिना अगाडी साँगीतिक कार्यक्रमका लागि अमेरिका आएकी गायिका आलेले उक्त कार्यक्रममा स्थानिय गायकहरूलाई दोहोरीमा साथ दिईन् । गायक गायिकालाई पनि दर्शकले साथ दिंदै संगीतको तालमा मज्जैले झुमे । नेपाली स्वादिष्ट खानको स्वाद लिंदै गायिका आलेको गीतमा रमाउन पाउँदा दर्शक निकै खुशी देखिएका थिए । 

गायिका आलेलाई गायक कृष्ण श्रेष्ठ, टिका पुन, नारायण खनाललगायतले साथ दिएका थिए भने स्थानिय बालबालिकाहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ