arrow

मुख्यमन्त्री सडक नालीमा !

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
shahi.JPG

सुर्खेत । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफै सडक सरसफाइमा जुटेका छन् । मुख्यमन्त्री शाही शनिबार प्रदेश ६ को अस्थायी मुकाम सुर्खेत बजारको सफाइ कार्यक्रममा सहभागी भए । मुख्यमन्त्री शाहीले सडकका नाली सफा गरिरहेको दृष्य पत्रकारले मात्रै होइन, सर्वसाधारणले समेत आफ्नो मोबाइल तथा क्यामरामा खिचेका छन् ।

नालीबाट निस्केपछि मुख्यमन्त्री शाहीले पत्रकारहरुलाई भने, ‘ठूलाले हेर्ने, सानाले काम गर्ने गर्नु हुँदैन’ भन्नु भयो । मुख्यमन्त्री शाहीले अब हरेक महिना दुई दिन आफू बजार क्षेत्रको सरसफाइमा सहभागी हुने जानकारी पनि दिनु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ