arrow

होटलमा पुरुष मृत फेला, सँगै आएकी महिला फरार

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
Jhapa-hamrakura.jpg.jpeg
काँकडभिट्टा (झापा) । झापाको बिर्तामोड बसपार्कस्थित बी एन्ड वाई होटलमा एक व्यक्ति मृत फेला परेका छन् । बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार होटलको २०७ नं कोठामा हिजो साँझ ७ बजेतिर सुरुङ्गा–५ का ५० वर्षीय मनोरथ पाठक मृत अवस्थामा भेटिएका हुन् । 
 
माघ ११ गतेदेखि होटलको कोठा बुक गरी एक अपरिचित महिलासँग बस्दै आएका पाठकलाई साँझपख मृत देखेपछि होटल सञ्चालकले प्रहरी बोलाएका थिए । कोठाको ओछ्यानमा मृत भेटिएका पाठकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको हुँदा मृत्युको कारण हत्या हो कि होइन अहिल्यै भन्न नसकिने प्रहरीको भनाइ छ । 
 
परीक्षण गर्न शवलाई मेची अञ्चल अस्पताल लगिएको छ । पाठकको मृत्युपछि उनीसँगै होटलमा बस्दै आएकी अपरिचित महिला फरार रहेको प्रहरीले जनाएको छ । फरार महिलाको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ