arrow

के गरी दिन काटिरहेका छन् सरकारले खारेज गरेको नेशनल ट्रेडिङका कर्मचारी ? (अन्तर्वार्ता)

खारेजीको आधिकारिक पत्र अझै मन्त्रालयमै

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
sajad.JPG

गएको माघ १५ गते सरकारले नेसनल ट्रेडिङ खारेज गर्ने निर्णय गर्‍यो । तर, अहिलेसम्म खारेज गरेको आधिकारिक पत्र ट्रेडिङमा पुगेको छैन । ट्रेडिङका सुपरभाइजर आजाद भक्त श्रेष्ठ भन्छन्, ‘अहिलेसम्म खारेजीको आधिकारिक पत्र आएको छैन । हामी कन्ट्याक्ट मै छौँ । सामान विक्रि बाँकी नै छ ।’ सरकारले निर्णय गरेपनि अहिलेसम्म मन्त्रालयले खारेजीको आधिकारिक पत्र नपठाएको हो । मन्त्रिपरिषद् बैठकले घाटा चुलिदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै नेशनल ट्रेडिङलाई खारेज गर्ने निर्णय गरेको थियाे । अहिले कर्मचारीहरु के गरिरहेका छन् त ? सुपरभाइजर श्रेष्ठसँग यमुना भण्डारीले गरेकाे कुराकानी ।

० नेशनल ट्रेडिङ खारेज भएकै हो ?
–भएको भन्ने सुनेको हो । पत्र अझै आएको छैन । अहिलेसम्म कन्ट्याक्टमै छौँ । सामान किनेको छैन । विक्रि गर्न भने बाँकी नै छ ।

० के बेचिरहनु भएको छ त ?
–इन्डक्सन चुल्हो विक्रि भइरहेको छ । नाकाबन्दीका बेला धेरै भित्रिएको थियो ।

० के गरी दिन जाँदै छन् ?
–त्यही अफिस गइन्छ । अलिअलि काम हुन्छ ।

० कार्यालयमा के काम हुन्छ ?
–सामान विक्रि । फाट्ट–फुट्ट अफिसको काम ।

० उसो भा रमाइलो भइरा'होला ?
–हाँसो,,,,, रमाइलो महसुस गरेकै छैन मैले त ।

० अहिले कति जना कर्मचारी हुनुहुन्छ ?
–३५ जना ।

० पहिले कति हुनुहुन्थ्यो ?
–लगभग ३ सय ।

० अरु कहाँ गए ?
–स्वच्छिक अवकास रोजे ।

० कहिले बन्द हुन्छ त ?
–१५–१५ दिन थप्छ । अब १५ गतेसम्म छ । 

० जागिरको अवधि कति थियो ?
–दुई तिन साल अझै बाँकि थियो ।

० पाउनु पर्ने पैसा सबै दियो त ?
–दियो । सबैले पाइसके ।

० घाटामा गयो रे हैन ?
–२०६४ सालदेखि यो अफिस ओझेलमा परेको हो । मन्त्रालयले सामान ल्याउन दिएन । सरकारकै वेवास्ताले धरासायी भयो ।

० अब के हुन्छ त ?
–सकारको हातको कुरा हो । सरकारले के निर्णय गर्छ । अहिलेसम्म अफिस आइएकै छ । अब के हुन्छ थाहा छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ