arrow

ओलीको लहरै छिमेक भ्रमण : ‘पहिले चीन जान सक्ने’

फागुन तेस्रो हप्तापछी दुई मध्ये एउटा, लगत्तै अर्को

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
Kp-oli-new-jpg.jpeg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक विदेश भ्रमण अन्योल–अन्योलमै रहस्यपूर्ण बन्दै गएको छ । यसअघि, फ्रेबु्रअरी दोस्रो हप्ताभित्रै भारतबाट पहिलो औपचारिक भ्रमण थालनी हुने भनिएकामा, अब कहीले हुने भन्ने अन्योल बढेको छ । त्यति मात्र नभई पछिल्लो समय फेरि पहिले भारत जाने कि चीन भन्ने विषय उद्घाटन भएको छ । 
 
यसअघि, पहिले भारत जाने पक्का भइसकेको बताएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले समेत भाषा फेरेका छन् । थापाले पछिल्लो समय यदी नाका सहज नभए प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण चीन हुने बताएका छन् । थापाले दबाबपूर्ण ढंगले प्रमुख भारतीय भन्सार नाका रक्सौल सामान्य नभएसम्म ओली भारत नजाने भन्दै, संगै चीन भ्रमणको तयारी भइरहेकाले पहिले चीन जान सक्ने विषय उद्घाटन गरेका हुन् । यद्यपि, सरकारले प्रधानमन्त्री ओलीको भ्रमणबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । सत्ताधारीबीच समन्वय संकटमा परेको भन्ने चर्चा भइरहेका बेला गठबन्धन सरकारको अर्को ठूलो दल एकिकृत माओवादीले असन्तुष्टी पोखेको छ । जुन असन्तोष ओली भ्रमणसंग समेत जोडिएको छ । 
 
फागुन तेस्रो हप्तापछि दुई मध्ये एउटा छिमेकी राष्ट्रको भ्रमण हुन्छ : सचिव भट्टराई 
 
प्रधानमन्त्रीको नीजी सचिवालय सचिव रमेश भट्टराईले फागुन तेस्रो हप्तापछि प्रधामन्त्रीको औपचारिक भ्रमण हुने बताएका छन् । भट्टराईले हाम्राकुरासंग भने, ‘निकट भविष्यमै, चाँडै भ्रमण हुन्छ, पहिले कता जाने भन्ने विषय प्रमुख होइन, फागुन अन्तिमसम्म दुई मध्ये एउटा छिमेकी राष्ट्रको भ्रमण हुन्छ ।’ पहिले भारत या चीन भन्ने विषय प्रमुख होइन, मुद्दा प्रमुख विषय हो । नाका सहज भएपछि मात्रै भ्रमण गर्ने कुरा छ, ‘भट्टराईले थपे’, ‘एउटापछि लगत्तै अर्को देशको भ्रमण हुन्छ, दुवै देशको भ्रमण तयारी भइरहेको छ ।’ हाम्रा लागि दुवै मुलुक उत्तिकै हुन् । 
 
नाका नखुले चीन जाने भन्ने कुरा स्वभाविकै हो : खनाल
प्रधानमन्त्री ओलीका परराष्ट्र विज्ञ गोपाल खनालले यदी नाका नखुले भारत नभई चिन जाने भन्ने विषय सही हुन सक्ने बताए । पहिला चीन जाने भन्नेबारे जानकारी नभएको बताउँदै खनालले भने, ‘तयारी दुवै देशको भइरहेको छ, नाका नखुले चीन जाने भन्ने कुरा स्वभाविकै हो ।’ पहिले फेबु्रअरी दोस्रो हप्ता अर्थात् माघ अन्तिमसम्म भारत भ्रमण गर्ने भन्ने कुरा थियो । तिथी तय नभएकाले अन्योल रहयो । खनालले हाम्राकुरासंग भने, ‘भ्रमणबारे अन्योल नै छ ।’ यसअघि, खनालले माघ अन्तिममा पहिलो भ्रमण भारत नै हुने बताएका थिए । 
 
तिथी तय हुने अवस्थामा अझै पुगेको छैन : प्रवक्ता पोखरेल
परराष्ट्र मन्त्रालय प्रवक्ताको कार्यालयका प्रवक्ता ताराप्रसाद पोखरेलले तयारी भइरहेको भएपनि भ्रमणको तिथी तय हुने अवस्थामा अझै नपुगेको बताए । प्रवक्ता पोखरेलले भने, ‘तिथी तय नभए सम्म यसरी नै तयारी हुने हो, परराष्ट्रले त्यसैपनि तयारी गरिरहेकै हुन्छ, पहिले कहाँ जाने भन्ने कुरा महत्वपूर्ण होइन,  तिथी तय भएपछि मात्रै भ्रमणको पूर्ण तयारी हुन्छ ।’ यसअघि, सहप्रवक्ता दिपक अधिकारीले भ्रमणबारे आफुहरुले उत्तर दिन नसक्ने बताएका थिए । अधिकारीले औपचारिक निर्णय मात्रै भन्न मिल्ने भएकाले निर्णय नै नभएका विषयमा अनुमानका भरमा बोल्न नसकिने धारणा राखेका हुन् । सरकारी अधिकारीहरु सरकारका पदाधिकारीले सन्दर्भबस बोलेका विषयले अर्थ नराख्ने बताउँछन् । यद्यपि, तीनै पदाधिकारीले गर्ने निर्णय नै अधिकारीहरु कुरिरहेका छन् । 
 
उच्चस्तरीय संयन्त्र संयोजकको दबाबपूर्ण असन्तोष     
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं सत्ता गठबन्धनको दोस्रो मुख्य दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भटेरै गुनासो गरेका छन् । दाहालले एकल मान्यताबाट निर्देशित भई सरकार नचलाउन र संयन्त्रको विचार एवं निर्णयलाई मान्न भनेका छन् ।  
 
शनिबार ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका दाहालले केही दिनयता ओलीका अभिव्यक्ति र केही कार्यबाट आफूले निकै असहजता महसुस गरेको भन्दै महत्वपूर्ण विषयको टुंगो लगाउन संयन्त्रमार्फत् अघि बढ्न आग्रह गरे । 
प्रधानमन्त्री ओलीले औपचारिक विदेश भ्रमणका सन्दर्भमा कहिले भारत अघि र कहिले चीन अघि भन्ने विषय र त्यसका पूर्वसर्तबारे फरक–फरक धारणा राखिरहेकाले ओली स्वयंलाई भ्रमणबारे आधिकारिक तथ्य के हो भन्ने स्पष्ट नभएको दाहालले तर्क गरे । यसअघि, दाहालले ओलीलाई भारत भन्दा पहिले चीनकै भ्रमण गर्न बल गर्दै आएको समेत चर्चा भएको थियो । 
 
कम्युनिष्ट गठबन्धन सरकारको नेतृव गरिरहेका प्रधानमन्त्री ओलीको चाहाना पहिलो भ्रमण भारत नै गर्ने भन्ने छ । तर, आन्तरिक रुपमा कमजोर ओली नाकाबन्दीलाई दोष दिइरहेका छन् । विज्ञहरुले भनेका छन्, ‘यदी, परराष्ट्र अधिकारीको  भनाईलाई पनि आधिकारिक मान्ने हो भने, भारत नाकाबन्दीबारे मौन छ, नाकाबन्दीको औपचारिक कुनै पुष्टी छैन ।’ अधिकारीहरु भन्छन्, ‘परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयलसंग नकाबन्दीको जवाफ छैन ।’ विज्ञहरुले नाकाबन्दीको कारण देखाउँदै अन्य चाल चाल्ने रणनीति रहेको टिप्पणी गरेका छन् । सामान्यतिर उन्मुख जनजीवन कालोबजारीले जेलिएको छ । सरकार नाकाबन्दीकै मोहोरा दिइरहेको छ । भारतीय नाका मध्ये रक्सौलबाट मात्रै पारवहन बन्द छ ।
 
भारतीय भन्सार गाडी पठाउन चाहन्छ, तर, मधेसी मोर्चाका कार्यकर्ताले अबरोध गरिदिएका छन् । नाका सहज बनाउन मोर्चासंग सहमति गर्न नसकेका ओली ‘नाकाबन्दीको बहानामा’ अर्को छिमेकीसंग सम्बन्ध बढाउने खेलको चंगुलमा फसेका छन् । यसअघि, हावाको विजुलीको चंगुलमा फसे झै ओली फेरि पनि भ्रमण र छिमेकीसंगको सम्झौताको चक्करमा फसेका हुन् । कम्युनिष्ट गठबन्धन सरकारकै हकमा पनि विगतमा पहिलो भ्रमण भारत नै हुँदै आएको थियो । तर, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफु प्रधानमन्त्री हुँदा पहिलो भ्रमण भारत गर्ने भनेकामा त्यसो गरेनन् । उनले नयाँ सरकार गठन हुँदा भारतबाट भ्रमण सुरु हुने परम्परा तोडे । दाहालले बेइजिङ ओलम्पिकमा सहभागि भएर चीनबाट औपचारिक भ्रमणको सुरुवात गरे ।
 
यसअघि, हावाको विजुलीको चंगुलमा फसे झै ओली फेरि पनि भ्रमण र छिमेकीसंगको सम्झौताको चक्करमा फसेका हुन् । कम्युनिष्ट गठबन्धन सरकारकै हकमा पनि विगतमा पहिलो भ्रमण भारत नै हुँदै आएको थियो । तर, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफु प्रधानमन्त्री हुँदा पहिलो भ्रमण भारत गर्ने भनेकामा त्यसो गरेनन् । उनले नयाँ सरकार गठन हुँदा भारतबाट भ्रमण सुरु हुने परम्परा तोडे । दाहालले बेइजिङ ओलम्पिकमा सहभागि भएर चीनबाट औपचारिक भ्रमणको सुरुवात गरे ।
 
दाहाल उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक रहेकै कारण पनि आफ्नो निर्देश अनुसार अघि बढ्न ओलीलाई भनिरहेका छन् । दाहाललाई ओलीले पहिले भारत भ्रमण गर्ने भनेको विषय चित्त बुझेको छैन । दाहाल इन्धन लगायत व्यापार सम्झौताहरु चीनसंगै हुनु पर्ने पक्षमा छन् । राष्ट्रिय स्वाधीनताको नारा लादेका दाहालले आफुहरुले उद्घोष गरेका विषयलाई पूर्णता दिन भए पनि पहिलो भ्रमण चीनबाटै होस् भन्ने चाहिरहेका छन् । 
 
परराष्ट्रमन्त्रीका विभिन्न सन्देश र यथार्थ 
परराष्ट्रमन्त्री कमल थापा दुई पटक भारत र एक पटक चीन पुगिसकेका छन् । सरकार गठन हुने वित्तिकै दिल्ली पुगेका मन्त्री थापा सरकारले बनाएको ४ बुँदे ‘रोडम्याप’ लिएर फेरि दिल्ली पुगे । दिल्लीको मौन स्वागतको सन्देश लिएर फर्किएपछि थापालाई ओलीले चीन पठाए । पौष १४ गते मंगलबार बेइजिङबाट नेपाल फर्केका थापाले भ्रमण उपलब्धि मूलक भएको र चीन प्रधानमन्त्रीलाई स्वागत गर्न आतुर रहेको सन्देश सुनाए । यद्यपि, थापालाई कुटनीतिक रुपमा छिमेकी चीनले अविश्वास गरेको कुरा लुकाए । थापा बेइजिङ जानु पहिले सत्ताधारी एमाओवादीले सरकार प्रमुखनै चीन गएर सम्बन्ध बढाउनु पर्नेमा जोड दिँदै कमल थापा प्रधानमन्त्री कि केपी ओली प्रधानमन्त्री भन्ने प्रश्न उठाएको थियो । प्रधानमन्त्री ओलीलाई निर्वाचित भएलगत्तै भारत अघि चीन भ्रमणको निम्तो आएको थियो । भारतीय राजदूत भन्दा अघि चिनियाँ राजदूत ओली निवास अघि पुगेका थिए । एमाओवादीले सोही विषयलाई गहिरो रुपमा हेरिरहेको बताइन्छ । 
 
चीनियाँ पक्षले परराष्ट्रमन्त्री थापालाई भेटका क्रममा भौगोलिक कठिनाईले तपाईहरुलाई हामीले गर्न सक्ने द्रुत काम गर्न सक्दैनौं र छिमेकी भारतसंगको सम्बन्धमा कुनै कमि आउन नदिनुस् भनेको थियो । यस्तै, नेपाल गणतन्त्र घोषणा भएपछि छिमेकी चीनले राष्ट्रप्रमुखको भ्रमण खोजिरहेको छ । चीनको तर्फबाट प्रधानमन्त्री चाउ एनलाई दूईपटक सन् १९५७ र १९५९ मा नेपाल आए । जसले चीनसंग पुरानो सम्बन्ध छ भन्ने ठहर गर्दछ । यस्तै, कार्यकारी स्तरमा १९९६ मा राष्ट्रपति जियाङ जेमिनको भ्रमण भयो । अहिले सो स्तरमा नेपाल भ्रमण हुन सकेको छैन । चीन नेपालको तर्फबाट राष्ट्र प्रमुखको भ्रमण चाहन्छ । विप्पा सम्झौतासंग चिडिएको चीन औपचारिक सम्झौताका लागि सरकार प्रमुखको भ्रमण खोजीरहेको छ । तर, भारतसंगको सम्बन्ध नविगार्न बारम्बार सुझाइरहेको छ । 
नेपाल गणतन्त्र घोषणा भएपछि छिमेकी चीनले राष्ट्रप्रमुखको भ्रमण खोजिरहेको छ । चीनको तर्फबाट प्रधानमन्त्री चाउ एनलाई दूईपटक सन् १९५७ र १९५९ मा नेपाल आए । जसले चीनसंग पुरानो सम्बन्ध छ भन्ने ठहर गर्दछ । यस्तै, कार्यकारी स्तरमा १९९६ मा राष्ट्रपति जियाङ जेमिनको भ्रमण भयो । अहिले सो स्तरमा नेपाल भ्रमण हुन सकेको छैन । 
विगत देखि भारतसंग बढी सम्बन्ध राख्न सुझाँउदै आएको चीनले अहिले मात्रै नभई २०१६ कै समयमा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालाई चिनीयाँ कम्युनिष्ट पार्टी अध्यक्ष माओले समेत त्यही भनेको सम्झिन सकिन्छ । माओले भनेका थिए, ‘हामी तपाईहरुको सहयोगी बन्न चाहन्छौं, तर भौगोलिक अवस्था यस्तो छ, हामी चाहेर पनि तपाईहरुलाई केही गर्न सक्दैनौ ।’ अहिले पनि चीनले सोही वाक्याशंले सम्झाउँदा भारतसंगको दासताको सम्बन्ध भन्दा स्वाभिमानी र स्वविवेकी सम्बन्धको विकल्प खोज्नु पर्ने भन्ने बुझिन्छ ।
 
फेरि पनि नेपाल दक्षिणसंगको कुटनीतिक तहमा चुक्न हुँदैन भन्ने चीनियाँ बुझाई छ । यो सन्देश परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीलाई सुनाउनु अघि छिमेकी भारतले सुनिसकेको थियो । जसरी भारतीय विदेश सचिव एस जयशंकर स्वदेश फर्किदा ‘इन्धनको जोह गर्नुस है’ भनेको विषय छिप्यो त्यसरी नै नाकाबन्दी र छिमेकी देशको भ्रमण विषय अन्योलमा परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ