arrow

कास्की काँग्रेसको नेतृत्व लिन यि भए तयार; समिकरण यस्तो बन्दैछ

चर्चित अनुहारले वुथमै हारे

logo
टंकराज अधिकारी।
प्रकाशित २०७२ माघ १७ आइतबार
kaski-congress-leader.jpg.jpeg
कास्की। नेपाली काग्रेसको १३ औ महाधिवेसनको लागि प्रारम्भीक चरणको चुनाव सकीएको छ। नेपाली काग्रेसको बिधान अनुसार हरेक गाउँ बिकास समिति, नगर वडाबाट क्षेत्रिय प्रतिनिधि चयन भई क्षेत्र र जिल्लाको लागि नेतृत्वको लागि दावी गर्ने बाटो खुलेको छ। यसले नेपाली काँग्रेस कास्कीको १३ औं अधिवेशनको सरगर्मी बढेको छ।
 
कास्कीमा नेपाली काँग्रेसको १३ औ महाधिबेसनमा जिल्ला सभापतिमा आकांक्षा राख्ने काग्रेस नेता शुक्रराज शर्मा, नेता खेमराज पौडेल, पुर्व सह सभापति शोभियत बहादुर अधिकारी, जिल्ला पाटी सचिव कृष्ण केसी, पुर्व जिल्ला सचिव पोषनाथ शर्मा, रामचन्द्र त्रिपाठी, युवा नेता देवराज चालीसे, पुर्व बिधार्थी नेता गुरु बराल, तरुणदल पुर्व नगर सभापति कृष्ण कार्की लगाएतले पहिलो चरणको प्रतिश्पर्धा जितेर आएका छन्। चाहना राख्ने यी मध्ये ३ जना बिचमा प्रतिश्पर्धा हुने सम्भावना देखिन्छ। केन्द्रिय समितिले लगातार दुई कार्यकालका पुरा गरेका ब्यक्तिलाई तेस्रो कार्यकालका लागि जिल्ला सभापतिको उमेद्वार बन्न नपाउने निर्णय गरेपछि कास्की काँग्रेसका सभापति यज्ञबहादुर थापाले भने बिश्राम लिनु पर्ने भएको छ।
 
सभापतिका आकांक्षी नेता शुक्रराज शर्मा बिगतमा संस्थापनसँग नजिक भए पनि हाल देउवा पक्षसँग सम्बन्ध बढाउन खोजेका छन तर कास्कीका देउवा पक्षका नेता कार्यकर्ताले उनलाई स्वीकार गर्न नसक्दा शर्मा अन्योलमा परेका छन्। संस्थापन पक्षका थापा र जीवन परियारले समेत आफ्नो अनुकुलको उमेदवार नपाए पछि त्यस्कै खोजीमा छन्। देउवा पक्षबाट शोभियत बहादुर अधिकारी र गुरु बराल तथा संस्थापनबाट कृष्ण केसी उमेद्वार हुने आँकलन गरिएको छ, केसीलाई उपसभापति रामचन्द्र पौडेलको समर्थन रहेको बताईन्छ। यता पुर्व बिद्यार्थी नेता देबराज चालिसे सबैको समर्थन लिएर शुक्रराज र यज्ञ बहादुर थापा बिरोधीलाई समेटेर मोर्चा बन्दीमा जुटेका छन्। 
 
दोस्रो राजधानीका रुपमा रहेको महत्वपूर्ण कास्की जिल्लाको नेतृत्व लिनका लागी ५ हस्तीहरु शुक्रराज शर्मा, शोभियत बहादुर अधिकारी, देवराज चालिसे, कृष्ण केसी र गुरु बराल चुनावी मैदानमा होमिएका छन्। नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्व मन्त्रीहरु प्रकाश गुरुङ्ग र महादेव गुरुङ्ग, केन्द्रिय सदस्य जीवन परियार, कास्की काँग्रेसका सभापति यज्ञबहादुर थापा, कास्कीका अग्रज नेता खेमराज पौडेल लगायतका नेताहरु खुलेरै चूनावी मैदानमा आफ्नो अनूकूलका कार्यकर्ताहरुसँग लविङ गर्नुका साथै गोप्य भेटघाटमा व्यस्त रहेका छन्। 
 
कास्कीमा महाधिबेशनको पहिलो चरणको निर्वाचनबाट पार्टीका चर्चित अनुहारहरु पुर्व महामन्त्री तारानाथ रानाभाट लेखनाथ ५ बाट, पार्टी सभापतिका दावेदार जिल्ला सचिव कृष्ण केसी कालीकाबाट, नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्य पोखरा १९ बाट, युवा नेता देवराज चालिसे पोखरा ८ बाट, पुर्व पाटी सचिव पोषनाथ शर्मा सल्यानबाट, गुरु बराल आर्वाबाट, खेमराज पौडेल पुम्दीभुम्दीबाट, कृष्ण कार्की पोखरा १८ बाट क्षेत्रिय प्रतिनिधि चयन भएका छन त्यस्तै पार्टी सचिवका दावेदार युवराज कुवँर ढिकुरपोखरीबाट निर्वाचित भएका छन्।
 
पार्टीको बिधान अनुसार संसदका सदस्य, संबिधान सभामा पार्टीका सदस्य रहेका र बन्द सुचिमा रहेका स्वत क्षेत्रिय प्रतिनिधि हुने ब्यवस्था भए अनुसार यज्ञ बहादुर थापा, शारदा पौडेल, जीवन परियार, वृन्दा राना, हारेका उमेद्वार पुर्व राज्यमन्त्री महादेव गुरुङ, शोभियत बहादुर अधिकारी समानुपातिकको बन्द सुचिमा रहेका शुक्रराज शर्मा, हरिमाया गुरुङ, सुनयना पालिखे, तिलक रानाभाट लगाएत निर्वाचन लड्न नपर्ने नियम भएकोले उनिहरु स्वत प्रतिनिधि छनोट भएका छन्। क्षेत्रिय सभापति बृजमान गुरुङ, मधु बास्तोला, शोभाचन्द्र बराल र आई बहादुर गुरुङ पनि क्षेत्रिय प्रतिनिधिमा चयन भएका छन्। पत्रकारमा राजबहादुर गुरुङ, शिरोमणी बराल, नबिन सिग्देल र प्रकाशचन्द्र साप्कोटा पनि क्षेत्रिय प्रतिनिधिमा चुनिएका छन्। 
 
पोखरा उप महानगरपालिका र लेखनाथ नगरपालिका गरी दुईवटा नगरपालीका रहेको यस जिल्लामा लेखनाथ नगरपालिकामा राजेन्द्रमणी लामिछाने र्निबिरोध सभापतिमा चुनिएका छन भने पोखरा ९ मा निर्वाचन हुन नसक्दा सभापतिको प्रतिश्पर्धामा रहेका पोखरा उपमहानगरपालिकाका बजिरमान श्रेष्ठ र बिमल कार्की बिचको परिणाम आउन सकेको छैन। सभापतिमा प्रतिष्पर्धा गरेका श्रेष्ठलाई कास्की काँग्रेसका नेता शुक्रराज शर्मा र सांसद शारदा पौडेलका साथै पुर्व प्रजातान्त्रिक काग्रेसको समर्थन रहेको बताईन्छ भने अघिल्लो पटकको चुनावमा नगर सभापतिमा बिष्णुहरि बरालसँग पराजित भएका कार्कीलाई सहानुभुतिको मत प्राप्त हुने दावी गरिएको छ।
 
यसै गरि माघ २२ गते हुने क्षेत्रिय अधिवेसन अन्र्तगत कास्कीका बिभिन्न ४ वटा निर्काचन क्षेत्रबाट क्षेत्रिय सभापति बन्ने चाहनेहरु धेरै देखिएका छन्। कास्की क्षेत्र नं १ बाट वर्तमान सभापति विर्जमान गुरुङ, नेविसंघका पुर्व केन्द्रिय सदस्य सुदिप मोहन भटराई, महिला संघ कास्कीका सभापति कोपिला रानाभाट उपत्यका नगरबिकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल क्षेत्रिय सभापति बन्ने चाहना राखेका छन् भने क्षेत्रिय सभापति बन्ने चाहना राखेका वर्तमान क्षेत्रिय सचिव सुरेन्द्र अधिकारी पहिलो चरणको प्रकृयाबाट बाहिरेका छन्। वर्तमान सभापति विर्जमान गुरुङलाई नेता तारानाथ रानाभाट र सभापतिका दावेदार कृष्ण केसीको सर्मथन रहेको बताईन्छ। सुदिप मोहन भटराई कास्की काग्रेसका जिल्ला सभापति यज्ञबहादुर थापाको समर्थन पाउने अनुमान गरिएको छ। सभापति थापाकै नजिक मानिएका कोपिला रानाभाट र प्रकास खनाल पनि सभापतिकै आकाक्षी भएकाले उनिहरुलाई मिलाउन हम्मेहम्मे परेको छ।
 
यसैगरि क्षेत्र नं २ मा वर्तमान सभापति माधव बास्तोला मधु, पुष्पेन्द्र पाण्डे र पुलेन्द्रमान श्रेष्ठको नाम चर्चामा रहेको छ। बास्तोला वर्तमान सभापति समेत हुन, उनलाई काँग्रेस नेता शुक्रराज शर्मा र पाण्डेलाई सासद शारदा पौडेलको समर्थन रहेको छ भने श्रेष्ठलाई पुर्व प्रजातान्त्रिक खेमाका कार्यकर्ताको समर्थन रहने बताईन्छ । 
 
कास्कीको क्षेत्र नं. ३ को सभापतिमा वर्तमान सभापति शोभाचन्द्र बराल, पोखरा १७ का वडा ईकाई सभापति पुण्डरी बराल, पार्टीका जिल्ला सदस्य विजय आचार्य र भरतपोखरीका नेता केशर निर्दोषीको नाम चर्चामा रहेको छ। 
 
यसैगरि कास्की क्षेत्र नं. ४ मा वर्तमान सभापति आई बहादुर गुरुङ, किसान संघ कास्कीका सभापति भेषराज पराजुली, जिल्ला सदस्य मनोज गुरुङ, बिष्णु बहादुर क्षेत्री लगाएतको नाम र्चचामा रहेको छ।
 
महाधिवेशन प्रतिनिधी यि आउन सक्छन
यसैगरि बिभिन्न क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको लागि क्षेत्र नं १ बाट काग्रेस नेता तारानाथ रानाभाट, जिल्ला सभापति यज्ञबहादुर थापा, जिल्ला सचिव कुष्ण केसी, समानुपातिकतर्फका सांसद उमेद्वार तिलक रानाभाट, पुर्व जिल्ला सचिव नन्दुप्रसाद तिवारीका, बुद्धीमान गुरुङ, देवेन्द्र रानाभाट, चिनु रानाभाट, ऋषि बुढाथोकी, प्रकाश खनाल, गिरिराज गौतम, कोपिला रानाभाट, सकुन्तला गुरुङ रसकुमारी गुरुङ, तारा अधिकारी रहेका छन्।
 
यसै गरि क्षेत्र नं २ मा शारदा पौडेल, गुरु बराल, र्निमल कर्माचार्य, पद्मसिह गुरुङ, ऋषि काफ्ले, बाबुराम आचार्य, पुलेन्द्रमान श्रेष्ठ, सुशिलराज पराजुली, सीता गुरुङ, खेम कुमारी बराल, किशोरदत्त बराल, लक्ष्मी पाण्डे, शिरोमणी बराल लगाएतले चाहना राखेका छन्।
 
कास्की क्षेत्र नं ३ मा बाट महाधिवेशन प्रतिनिधिमा चाहना राख्नेमा शोभाचन्द्र बराल, शोभियत बहादुर अधिकारी, देवराज चालिसे, राम्जी कुँवर, पुरुषोत्तम पराजुली, राजेन्द्र निधि कोईराला, नरेश शंकर पालीखे, बिरेन्द्र नारायण बिजुक्छे, बिष्णुहरि बराल, बृन्दा राना, सुनयना पालीखे लगाएतका रहेका छन् ।
 
त्यस्तै कास्की क्षेत्र नं ४ मा शुक्रराज शर्मा, खेमराज पौडेल, रामचन्द्र त्रिपाठी, महादेव गुरुङ, अग्नीधर पराजुली, राजबहादुर गुरुङ, खुशीमान गुरुङ, सिकन्दर गुरुङ, देवेन्द्र शेरचन, राम प्रसाल अधिकारी, मनोज गुरुङ, हरिमाया गुरुङ, गौमति थापा लगाएतले महाधिबेशन प्रतिनिधि बन्ने चाहना राखेका छन्।
 
यि चर्चित अनुहारले वुथमा हारे
अधिकांशले पहिलो चरणको कतिपय ठाउमा र्निबिरोध र कतिपय ठाउमा निर्वाचन हुदा केहि अनुहार बाहेक चर्चित अनुहारले पराजय भोग्नु परेको छ। अरुले चुनाव जित्दा तरुणदलका पुर्व केन्द्रिय सदस्य मुक्ति केसी पोखरा १७ बाट, भरतजंग कुवँर र मुक्तिराम अधिकारी ढिकुर पोखरीबाट, नेपाली काग्रेसका पुराना लडाकु कार्यकर्ता राजेन्द्र बहादुर कोईराला पोखरा ४ बाट, महिला संघकी केन्द्रिय सदस्य आनन्दी राणा, बिश्व घिमीरे पोखरा १० बाट, क्षेत्र नं १ का सचिव सुरेन्द्र अधिकारी, बारका पुर्व केन्द्रिय उपाध्यक्ष बिष्णुकुशल भुजेल र बारका पुर्व जिल्ला अध्यक्ष फणिन्द्र कोईराला लेखनाथबाट पराजित हुन पुगेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ