arrow

बझाङ काँग्रेसमा चरम गुट उपगुट; कार्यकर्ता द्विविधामा

काठमाडौंमुखी नेताले पार्टी विगारे

logo
शैलेन्द्र रोकाया।
प्रकाशित २०७२ माघ १७ आइतबार
13th-congress.png.png.png.png
बझाङ। पार्टी भित्रको आन्तरिक गुट उपगुग र अन्तरघातले संविधान सभाको दुवै र्निवाचनमा पराजय भोगेको नेपाली काँग्रेस बझाङले तेह्रौ महाधिबेसनमा गाँउ गाँउका सर्वसाधारण पार्टी कार्यकर्ता विचमा पनि गुट उपगुटको प्रभाव पर्न थालेको छ। जिल्ला स्तरका नेताहरुले गाँउका कार्यकर्ताहरुलाई प्रभाबमा पारि ब्यक्ति व्यक्तिबिच गुट उपगुट देखिए पछि सर्बसाधारण कार्यकर्ताहरु अन्योलमा परेका छन्। 
 
केन्द्र र जिल्लामा गुटबन्दी देखिएपनि गाँउमा काँग्रेस भनेर भएढिक्का भएका कार्यकर्ताहरुमा यसपालीको अधिबेसनमा भने नेताहरुले कार्यकर्तालाई गुटमा बाँड्ने प्रबृति देखिएपछि काँग्रेसको आस्थामा लागेका गाँउका नेताहरु कुन पक्षमा जाने भन्ने दुबिधामा छन्। बाह्रौ महाधिबेसनमा गुटको खासै प्रभाव गाँउमा नदेखिएपनि यसपाली चरम गुटबन्दीले ४२ गाविस र एक नगरपालीका रहेको बझाङमा सहजरुपमा अधिबेसन हुन सकेन। नगरपालीका भित्रका वडा समितिदेखि नगर समिति र गाँउ समितिका लागी पनि चुनाव गर्नु पर्ने अबस्था श्रृजना भए पछि कुन गुट बलियो छ भन्ने आकलन गर्न सक्ने अबस्था छैन। 
 
क्षेत्र नम्बर २को  भाम्चौर गाविसमा संस्थापन र देउवा पक्ष विच केहि मुठभेड हुने अवस्था भएर अधिबेसन स्थगित गरिएको पार्टी सचिब भक्तराज जोशीले जानकारी दिए। व्यवस्थापितका सांसदको लागी चुनाव भएको २०४८ देखी मध्यवधी २०५१ सहित २०५६ को आम र्निबाचनमा नेपाली काँग्रेसले जिल्लाका दुवै र्निबाचन क्षेत्रमा बहुमतले विजय गरेको थियो। देशमा भएको संविधान सभाको दुवै र्निबाचनमा काँग्रेसले पराजय भोगेपछि जिल्लाका नेताहरुमा आन्तरिक अविस्वास र गुटबन्दीले व्यापक रुप लिएको छ। काँगेसका नेताहरु पार्टी सभापति हुने बितिकै काठमाण्डौ बस्ने र अबिधेसन र टिकट लिदाका बेला मात्र गाँउ आउने गरेको अधिकासं काँग्रेस समर्थक कार्यबर्ताहरुको आरोप छ। 
 
दोस्रो संविधान सभाको र्निबाचनमा थोरै मतले पराजय भएका देउवा प्यानलका नरेश बहादुर सिंह कोईराला निकट स्वतन्त्र उम्मेदार सत्यराज भण्डारीकै कारण पराजय हुनु परेकोमा साह्रै असुन्तुष्ट छन्। क्षेत्र नम्बर १मा पनि अर्जुनजंग बहादुर सिंहले पनि आफ्नै पार्टी भित्र अन्तरघात भएकाले आफुले पराजय भएको गुनासो गरेका छन्। बझाङ जिल्ला नेपाली काँग्रेसका शिर्षनेताहरुका अर्जुनजंग बहादुर सिंह, नरेश बहादुर सिंह र पृथ्वी बहादुर सिंह लगाएत नेताहरु शेर बहादुर देउवा प्यानलमा छन् भने सत्यराज भण्डारी, सुरेश मल्ल चेतराज बजाल, प्रताव गुर्धामी लगाएतका नेताहरु संस्थापन पक्षमा छन्। 
 
पार्टीका राम्रो नेता कार्यकर्ताको क्षमता योग्यता र योगदान लाई कदर नभएर जातिबाद नातवाद कृपावाद ब्यक्तिीबाद र गुटबन्दीका कारण काँग्रेस धरासायी हुने अबस्था आउन सक्ने काग्रेस कार्यक्रर्ता लोकेन्द्र सुनारले बताए। उनले भने पार्टीमा सुधार नभएर बझाङमा पार्टीको जित हुदैन। बझाड जिल्लामा क्षेत्र नम्बर २मा संस्थापन र  क्षेत्र नम्बर १ मा देउवा प्यानलको बाहुल्यता मानिन्छ। बाह्रौ महाधिबेसनमा पनि महाधिबेसन प्रतिनिधी दुवै क्षेत्रमा स्थापन र देउवाको गरि बरावर थिए। 
 
माघ २२ हुने क्षेत्रिय अधिबेसन र २५ गते हुने जिल्ला अधिबेसनका लागी सभापतीमा भने अझै दुवै पक्षले उमेदार छनौट गर्न सकेका छैनन्। तर जिल्ला कार्य समिती उपसभापति तथा देउवा पक्ष निकट हर्कजंग बहादुर सिह, खडक बोहोरा रमेश भण्डारी र सस्थापन पक्षबाट प्रताप गुर्धामी चेतराज बजालले आकांक्षा राखेको बताईन्छ। दुबै पक्षमा पार्टी सभापतीका लागी क्षेत्रिय अधिबेसनको नतिजापछि उमेदवारको तय हुने वर्तमान सभापती पृथ्वी बहादु सिंहले वताए। बझाङमा ३१ सय कृयासिल सदस्य रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ