arrow

रंगेली सामान्य बन्दैः रंगेली काँग्रेसमा जगरनाथ प्यानलको वर्चश्व

logo
किरण न्यौपाने।
प्रकाशित २०७२ माघ १७ आइतबार
jagarnatha-mandal--rangeli-congress.jpg.jpeg
मोरंग। मधेश आन्दोलनमा अशान्त भएको रंगेली सामान्यतर्फ उन्मुख भएको छ। तराई मधेशका कतिपवय ठाउँमा अन्य राजनीतिक दलका कार्यक्रम गर्न नदिएको मधेशी मोर्चा समेत काँग्रेसका स्थानिय अधिवेशनहरुमा नरम बनेको छ। यसैबीच मोरङको रंगेलीमा नेपाली काँग्रेस रंगेली नगर चुनाब सम्पन्न भएको छ। नगर अधिवेशनमा जगरनाथ मण्डल विजयी भएका छन्। कडा प्रतिस्पर्धाको बिचमा भएको रंगेली नगर अधिवेशनमा पुर्व नगरसभापति रामेश्वर यादवलाई १ सय ५६ मतको फराकिलो अन्तरले हराउदै मण्डल विजय भएका हुन्। उनले ४ सय ३ मत प्राप्त गरेका थिए भने प्रतिद्धन्दी यादवले २ सय ४७ मत प्राप्त गरेका छन्। 
 
शनिवार अबेर राति सम्म भएको मतगणनामा जगरनाथ मण्डल प्यानलका अधिकाश उमेदवारहरु विजय भएका छन्। सचिव र कोषाध्यक्ष पदमा मण्डल प्यानलकै उमेदवारहरुको विजय भएका छन्। सचिवमा उदय नारायण मण्डलले ३ सय ५२ मत प्राप्त गरी विजय भएका छन् उनका प्रतिद्धन्दी सुबोध कुमार दासले २ सय ६४ मत प्राप्त गरेका गरेका थिए भने कोषाध्यक्षमा सुबोध कुमार यादव विजय भएका छन् । उनले ३ सय ४५ मत प्राप्त गरेका गरेका छन् भने उनको प्रतिद्धन्दी सुर्य नारायण दासले २ सय ६४ मत प्राप्त गरेका छन्। 
 
त्यसैगरी सदस्यहरुमा समेत मण्डल प्यानलकै अधिकाश उमेदवारहरुको विजय भएका छन्। आठ जना सदस्य पदमा १३ जना प्रतिस्पर्दा रहेकोमा मण्डल प्यानलबाट तिर्थानन्द पण्डित (३३७), प्रकाश कुमार यादव (३३७), विनोद मण्डल (३३६), राजकुमार ठाकुर (३६३), सचिन कुमार मण्डल (३४४) मत प्राप्त गरी विजय भएका छन् भने मण्डल र यादव प्यानलमा संयुक्त नाम रहेका गोपाल प्रसाद साह (५१९) र प्रकाश कोइराल (४७५) मत सहित विजय भएका छन्। यता यादव प्यानलबाट नरेश कुमार साह एक मात्र सदस्य पदमा विजय भएका छन्। उनले ३ सय ७२ मत सहित विजय भएका थिए। यता मधेशी, अल्पसंख्यक, मुस्लीम कोटाबाट मंगलचन्द्र अग्रवाल (३४६) र बदरद्दिन मिया (२७०) विजयी भएका छन्। उनिहरुले क्रमश ३ सय ४७ र २ सय ७० मत प्राप्त गरेका छन्। तीन गाविस जोडिएर गतवर्ष नगरपालीका भएको रंगेलीमा कुल ७ सय १८ जना क्रियाशिल सदस्यहरु मध्ये ६ सय ७१ मत खसेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ