arrow

भारतविरुद्ध गर्जेलान् त नेपाली युवा ? ‘१५ वर्षअघि सुपर लिगमा हारेको बदला लिने अवसर’

आकर्षणमा : राजु, सन्दिप, सुनील, सुशील

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
nepal-Vs-india.jpg.jpeg
काठमाडौं । १५ वर्षपछि उमेर समूहको क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा उक्लिएको नेपाल बंगलादेशमा जारी यू–१९ विश्वकपको लिग चरणको अन्तिम खेल सोमबार बलियो प्रतिद्वन्द्वी भारतसंग खेल्दै छ । जारी प्रतियोगितामा अहिले सम्म अपराजित नेपाल भारतविरुद्ध संयमित प्रदर्शनका साथ जितको लक्ष्य लिएर मैदान उत्रने छ । ढाकामा सोमबार बिहान पौने ९ बजे हुने खेलमा नेपाल उच्च मनोवलका साथ खेल्ने धेरैको अपेक्षा छ ।
 
एक खेल अगावै क्वार्टरफाइनलमा पुगेका यी दुई टोलीबीचको यो दोस्रो भेट हो । समूह चरणको अन्तिम यस खेलबाट समूह विजेताको टुंगो लाग्ने छ । सन् २००० को विश्वकपमा दोस्रो चरण पुगेको नेपालले भारतसंग पहिलो भेट गरेको थियो । त्यसबेला दोस्रो चरणमा पहिलो भेट गरेको नेपाले १५ वर्ष पछि दोस्रो चरण भिड्नु अघि उही प्रतिद्वन्दी पाएको छ । सन् २००० को सुपर लिगमा नेपाल भारतसंग ८ विकेटले पराजित भएको थियो । नेपाललाई हराउन तत्कालिन अण्डर–१९ भारतीय कप्तान मोहम्मद कैफले ५७ रन बनाएका थिए । नेपालको व्याटिङ दबाउन युवराज सिंहले चार विकेट चट्काए । त्यसबेला नेपाली टोलीको नेतृत्व नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासले गरेका थिए । दासले अहिले सक्रिय खेल करिअरबाट सन्यास लिइसकेका छन् । 
 
सन् २००० को सुपर लिगमा नेपाल भारतसंग ८ विकेटले पराजित भएको थियो । नेपाललाई हराउन तत्कालिन अण्डर–१९ भारतीय कप्तान मोहम्मद कैफले ५७ रन बनाएका थिए । नेपालको व्याटिङ दबाउन युवराज सिंहले चार विकेट चट्काए । त्यसबेला नेपाली टोलीको नेतृत्व नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासले गरेका थिए । 
 
१५ वर्ष पछी फेरि नेपाललाई एक चुनौती र अवसर जुरेको छ । सोमबारको खेल जित्न सकेन नेपाली टोली समूह विजेता मात्र बन्ने छैन । इतिहास रच्ने छ , भने सन् २००० मा बेहोरेको पराजयको बदला समेत लिनेछ । पराजित भए नेपाल समूह उपविजेता बन्दै दोस्रोचरण खेल्नेछ ।  
समूह ‘डी’मा रहेको नेपाल ४ अङ्कका साथ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा तथा समान ४ अङ्क नै जोडेको भारत लिगको शीर्ष स्थानमा छ । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवै खेलमा जित हासिल गरेको छ । 
 
समूहको पहिलो खेलमा नेपालले टेष्ट मान्यता प्राप्त न्यूजिल्याण्डलाई ३२ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आयरल्याण्डविरुद्ध आठ विकेटको शानदार जित निकाल्दै आफ्नो प्राकृतिक खेल कौशललाई छर्लङ्ग पारेको थियो । त्यस्तै, भारतले पहिलो खेलमा आयरल्याण्डलाई ७९ रनले पराजित गर्दा दोस्रो खेलमा न्यूजिल्याण्डलाई एक सय २० रनले पराजित गरेको थियो । चार टोली सम्मिलित समूह ‘डी’बाट न्यूजिल्याण्ड र आयरल्याण्ड बाहिरिसकेका छन् ।
 
नेपाल भारत–भिडन्त र अपेक्षा
सामाजिक संजालमा भारतसंग भिड्नु अगाबै विभिन्न क्रिया प्रतिक्रिया सुरु भएका छन् । फेसबुक प्रयोगकर्ताले भनेका छन्, ‘यो खेल २ देशबीचको खेल केवल, खेल हैन । भारतको निम्ती केवल एउटा होला तर, नेपालको निम्ती यो एउटा आत्मसम्मान र गौरवको चिज हो । यो भेट सायद सबै नेपालीले हेर्नेछन् ।’ सामाजिक संजालमा नेपाली क्रिकेटबारे विभिन्न आशा अपेक्षा र सम्मान प्रकट भएका छन् । जसलाई सबैको हौसला अपरिहार्य रहेको औंल्याएको छ । नेपाली बलर र व्याट्सम्यानबाट सोमबार निकै अपेक्षा गरिएको छ । जसको आकर्षणमा रहेका राजु रिजाल, सुनील धमला, सन्दिप लामिछाने, सुशील कंडेलले आफ्नो कौशल देखाउने छन् ।  
 
राजु रिजाल
नेपाली यू–१९ टोलीका कप्तान तथा विकेट किपर राजु रिजाल नेपालको मध्यक्रमका ब्याट्सम्यान हुन । उनले नेपाली सिनियर टोलीबाट समेत खेलिसकेका छन । टोलीलाई कठिन परिस्थितीमा समेत राजु समाल्न सक्ने क्षमता राख्दछन् । विकेट छिटै गुमाएको अवस्थामा टिकेर खेल्ने होस् वा रनको आवश्यकता पर्दा छक्का–चौका हान्ने क्रममा । उनको जादु निकै चल्दछ । आश लाग्दा खेलाडीहरु चम्किए नेपालले भारतविरुद्ध एक पटक फेरि सशक्त प्रदर्शन गर्नेछ । 
 
सन्दिप लामिछाने 
सन्दिप लामिछाने नेपालका दायाँहाते अलराउण्डर हुन् । उनी वलिङमा दायाँहाते लेग स्पिनर । उनको हातमा बललाई जादुमय तरिकाले घुमाउन सक्ने क्षमता छ । सन्दिपले जारी प्रतियोगितामा आयरल्याण्डविरुद्ध किफायती बलिङ गर्दै पाँच विकेट चट्काएको रेकर्ड बनाए । सन्दिप नेपालका यू–१९ क्षेत्रीय प्रतियोगितामा चितवन जिल्लाबाट प्रतिनिधित्व गर्छन् । उनले यू–१९ विश्वकपको  छनोटका लागि नेपालमा भएको सुपरलिगमा सर्वाधिक विकेट लिने खेलाडीको रेकर्ड राखे ।  सन्दिपले प्रतियोगितामा १२ विकेट लिएका थिए । पछिल्ला ४  (जसमा ३ टेष्ट खेल्ने देशको युवा टोली सामेल छन्) खेलमा १२ विकेट लिएबाटै उनको क्षमतालाई चिन्न सकिन्छ । सोमबार हुने स्टेडियम स्पिनमैन्त्री भएपनि तीब्र गतिका बलरकै हातमा बलिङ् भर पर्ने छ । मिरपुरको स्टेडियममा सन्दिप लामिछाने फेरि एक पटक चम्किने धेरैको अपेक्षा छ । 
 
सुनील धमला 
नेपालको सुरुवाती ब्याटसम्यान हुन् सुनील धमला । बायाँ हाते अलराउण्डर उनी नेपाललाई आवश्यक पर्दा बल ब्याट दुवैमा जादु देखाउने गर्दछन् । भारत भ्रमणका क्रममा शतक प्रहार गरेका उनीमाथि ठूलो भरोसा छ । 
 
सुशील कंडेल
नेपालका दायाँ हाते अर्थोडक्स बलर सुशील कंडेल मेडनकिङ्गको नामले परिचित छन् । कंडेल आफ्नो खेलमा अधिक मेडन फाल्ने गर्दछन र विपक्षी खेलाडीलाई दबाबमा पार्दछन् । उनले पछिल्लो २ टेष्ट खेल्ने राष्ट्रका युवा टोलीसंगको भेटमा ४ विकेट लिएका थिए । उनले जारी प्रतियोगितमा आयरल्याण्डविरुद्ध पनि सशक्त प्रदर्शन गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ