arrow

यू–१९ विश्वकप : दक्षिण अफ्रिकालाई हराउदै नामिविया नकआउट चरणमा

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
namibia-u-U--19.jpg.jpeg
काठमाडौं । बङ्गलादेशमा जारी १९ वर्ष मुनिको आइसीसी विश्वकप क्रिकेटमा नामिवियाले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको छ । शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर व्याटिङ्ग रोजेको अफ्रिकी टोली निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै १ सय ३६ रनमा समेटिएपछि नामिविया अघिल्लो चरण प्रवेश गरेको हो । दक्षिण अफ्रिकाको सुरुवात राम्रो भएन । शीर्ष स्थानमा रहेका कुनै पनि खेलाडीले दोहोरो अंक स्कोर गर्न सकेनन् । 
 
दक्षिण अफ्रिकाका लागि पुछारका व्याट्सम्यान विल्लेम लनडिकले सर्वाधिक ४२ रन जोडे । उनले १ सय ३ बलको सामना गरे उक्त स्कोर बनाएका हुन् । धारिलो बलिङ गरेका मिचेल भान लिङ्गेनले २४ रन खर्चेर ४ विकेट लिए । फ्रिजले ३ विकेट झारे ।   १ सय ३७ रनको सामान्य चुनौती पछ्याएको नामिवियाको ओपनर जोडी सुरु मै आउट भएपछी दबाबमा परेको नामिवियाका लागि मध्यक्रमका ब्याट्सम्यान क्रिजमा जमे ।
 
नामिवियाले ३९ दशमलव ४ ओभरमा ८ विकेटको क्षतिमा चुनौती पार गरेको हो । नामिवियालाई जिताउन लोहन लोरेन्सले नटआउट ५८ रन बनाए । चार्ल ब्रिट्सले २७ रनको योगदान गरे । बलिङतर्फ अफ्रिकी बलर जियाद अब्रहाम र शेन ह्वाइटहेडले समान २–२ विकेट लिए । जितसंगै नामिविया सुपर लिगमा पुगेको छ । यस्तै, अन्य खेलमा बंगलादेशले स्कटल्याण्डलाई १ सय १४ रनले, इङ्गल्याण्डले जिम्वाबेलाई  १ सय २९ रन तथा  वेस्टइन्डिजले  फिजीलाई‌  २ सय ६२ रनले पराजित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ