-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
आऊ मिलेर खेलौं प्रेमको होली
फुकाएर गाँठो मन मुटु खोली
आऊ मिलेर खेलौं प्रेमको होली ।
थोरै मै घोल्छु बाँकी तिमी घोल
सप्तरंगी मायामा शीतल जल घोली
आऊ मिलेर खेलौं प्रेमको होली ,
रङ्गिन लोला म बनाउँछु थोरै
रङ्गमा पिचकारी तिमी आफै घोली
आऊ मिलेर खेलौं प्रेमको होली ।
निशाना तिम्रो नचुकाई टोली
मायाको रङ्गमा भिजाउँदै चोली
आऊ मिलेर खेलौं प्रेमको होली ।