arrow

प्रदेशसभा सदस्यलाई अभिमुखीकरण

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
pradesh-7_(2).jpg

धनगढी । प्रदेश नं ७ का प्रदेशसभा सदस्यलाई प्रदेशसभा सञ्चालनसम्बन्धी अभिमुखीकरण दिन थालिएको छ ।

संघीय संसद् सचिवालयले संसद् सहयोग परियोजना, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमो अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरणमा प्रदेशसभा सचिवालयबारे आधारभूत जानकारी, आर्थिक कार्य प्रणाली, संसदीय अभ्यास र अनुगमन, कानून निर्माणमा राज्यका तहबीचको अन्तरसम्बन्ध, कानून निर्माण, दिगो विकास लक्ष्यलगायत विषयमा अभिमुखीकरण दिइएको छ ।

नयाँ संघीय संरचनानुरुप प्रदेशसभा गठन भएका अवस्थामा प्रदेशसभा सदस्यलाई सहजीकरण गर्न कार्यक्रम गरिएको संघीय संसद् सचिवालयका उपसचिव एकराम गिरीले बताए ।
 
वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, संघीय संसद् सचिवालयका उपसचिव गिरी, पूर्व सांसद एवं अधिवक्ता रेवतीरमण भण्डारी र युएनडिपीका यामनाथ शर्माले सहजीकरण गरिरहेका छन् । अभिमुखीकरण कार्यक्रममा प्रदेश मन्त्रिपरिषद्का सदस्यका साथै प्रदेशसभा सदस्य सहभागी छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ