arrow

टि–२० श्रृंखला क्लिन–स्वीप, भारतसामु अष्ट्रेलिया निरिह

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
cricket-India-T-20.jpg.jpeg
एजेन्सी । भारतविरुद्धको तेस्रो तथा अन्तिम टि–२० क्रिकेटमा अष्ट्रेलिया ७ विकेटले पराजित भएको छ । यो विजयंगै भारतले ३ खेलको टि–२० श्रृंखलामा स्पष्ट ३–० को जित निकाल्दै क्लिन–स्वीप गरेको छ । टस जितेर पहिले व्याटिङ् रोजेको अष्ट्रेलियन टोलीबाट म्यान अफ द म्याच भएका शेन वाट्सनको १ अविजित १ सय २४ रनको मद्दतमा टोली १ सय ९७ रनमै समेटियो । 
 
अष्ट्रेलियाले निर्धारित २० ओभरमा  ५ विकेट गुमाउदै १ सय ९७ रन मात्र बनाउन  सक्यो । बलिङ्तर्फ भारतका रविन्द्र जडेजा, आशिष नेहरा, रविचन्द्रन अश्विनले समान १–१ विकेट झारे । १ सय ९८ रनको चुनौती लिएर जवाफी व्याटिङ गरेको भारतले अन्तिम बलमा विजयी लक्ष्य भेट्टायो ।
भारतका लागि रोहित शर्माले ५२ , विराट कोहलीले ५० तथा सुरेश रैनाले ४९ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका क्यामरोन बायसले २ तथा शेन वाट्सनले १ विकेट लिए । भारतीय ब्याट्सम्यान विराट कोहली प्रतियोगिताको उत्कृष्ट ठहरिए । अष्ट्रेलिया प्रतियोगिताभर भारतसामु निरिह सावित भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ