arrow

सिरहा काँग्रेसमा पाँच जना सभापतिको आकांक्षी

logo
रामबाबु यादब।
प्रकाशित २०७२ माघ १७ आइतबार
13th-congress.png.png.png.png
सिरहा। नेपाली काँग्रेस केन्द्रले तोकेको मितिमा सिरहा काँग्रेसले गाउँ, नगर र जिल्लाको अधिवेशनलाई अलि पर सारेको छ। जिल्लामा अधिवेशनको तयारी पुरा नभएकाले अधिवेशनको मिति पर गएको हो। अव सिरहा काँग्रेस गाउँ र नगर वडाको १७ गते भएको छ। नगरपालिकाको १८, निर्वाचन क्षेत्र २२ र जिल्लाको २५ गते अधिवेशन हुने भएको छ।
 
सिरहा काँग्रेसमा पाँच जनाले सभापतिमा दावेदारी गरिरहेका छन्। कोही देउवा त कोही कोइराला पक्षबाट सभापतिमा लड्ने कसरतमा लागेका हुन्। जिल्ला सभापति सितादेवी यादव यसपटक चुनावमा उमेद्वारी निदने अवस्थामा छिन। उनिसँगै सभापतिमा चुनावमा २५ मतले हारेका कोइराला पक्षका रामचन्द्र यादव अहिले देउवातिर लागेको एक जिल्ला सदस्यले बताए।
 
सभापतिमा रामचन्द्र, उपेन्द्र यादव, नरेश यादव, सुर्य नारायण यादव र रामसुन्दर चौधरीको नाम चर्चामा छ। रामचन्द्र अहिले सांसद छन् भने उपेन्द्र जिल्ला सचिव, नरेश मनोनित उपसभापति, चौधरी पनि उपसभापति हुन्। त्यस्तै सुर्यनारायण क्षेत्र नम्बर २ बाट चुनाव पराजित भएका थिए।
 
सबै सभापतिका उम्मेदवारहरुले जिल्ला सदस्य तथा केन्द्रिय स्तरका नेताहरुलाई आफुलाई सभापतिमा सहयोग गर्न आग्रह गरिरहेका जिल्ला सदस्य धर्मनाथ यादवले बताए। अहिलेको अवस्थामा को कुन पक्षको हो भने छुटयाउन कठिन भएको उनले बताए। विगतमा सबै यताबाट उता र उताबाट यता भएकै हो कसरी भन्ने उनले थपे।
 
जिल्ला सभापति सितादेवीले आफुले यस पटक उम्मेदवारी नदिने र सभापति धेरै साथीहरु आकांक्षीहरुलाई सकभर सर्वसम्मतीबाट नै मिलाउने बताएकी छन्। पार्टीमा एकताको जरुरी छ, गाउँ, वडा, नगर, क्षेत्र र जिल्ला सर्वसम्मती भएपछि एउटा नमुना हुने उनले बताईन। सर्वसम्मतीको लागि आफु पनि सहयोग गर्ने उनले सुनाईन।  
 
क्षेत्र नम्बर पाँचको विवाद मिल्यो
सिरहा क्षेत्र नम्बर पाँचको सभापति विषयमा लामो समयपछि विवाद मिलेको छ। क्षेत्रिय सभापति चन्द्रदेव यादव दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीले आफुलाई टिकट नदिएपछि उनी पार्टी परित्याग गरी मधेशी जनाधिकार फोरम लोकतान्त्रिमा प्रवेश गरेका थिए। केही दिन पछि फेरि उनी पुनः काँग्रेसमा नै फर्केपछि उनलाई क्षेत्रिय सभापति बनाउने कि न बनाउने विषयमा विवाद भइरहेको थियो। जिल्ला कार्यसमितिको निर्णयबाट त्यो विवाद मिलाउन जिल्लाका सांसदहरुलाई दिईएको थियो। सांसदहरुको निर्णय जिल्ला कार्यसमिति मान्ने कुरा भएको थियो, जिल्लामा उपलब्ध सांसदहरुले चन्द्रदेवलाई फेरि क्षेत्रिय सभापतिको जिम्मेवारी दिइएको जिल्ला सभापति सितादेवीले बताए। 
 
मोर्चा अवरोध गर्ने रणनीतिमा
यता, मधेशी मोर्चाले काँग्रेसको कुनै अधिवेशन हुन नदिने बताएका छन्। मोर्चाका सिरहा संयोजक तथा संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष किशोरी यादवले अधिवेशनमा अवरोध गर्ने भनेर विज्ञप्ती जारी गरेका छन्। विज्ञप्तीलाई नमाने अधिवेशनकै स्थलमा गएर अवरोध गर्ने उनले सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ