arrow

प्रदेश नम्वर ७लाई नमुना प्रदेशका रुपमा स्थापित गर्न कस्सिए मुख्यमन्त्री भट्ट

logo
हरिश्चन्द्र बाग।
प्रकाशित २०७४ फागुन १५ मंगलबार
trilochan-bhatta-pradesh7-chief-minister.jpg

बेलौरी, कञ्चनपुर। प्रदेश नम्बर सातलाई नमुना प्रदेशका रुपमा स्थापित गर्न प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कस्सिएका छन्। लालझाडी गाउँ पालिकामा आयोजित एक कार्यक्रममा उनले आफू त्यसका लागि लागिपरेको बताएका छन् । नमुना प्रदेशको खाकाको बारेमा प्रष्ट नपारेपनि उनले मुख्यमन्त्री भएयता यो बाक्यलाई हरेका कार्यक्रममा भन्न चाहि छोडेका छैनन्।

कञ्चनपुरको लालझाडी गाउँपालिकाद्वारा आयोजित होली मिलन बृहत् सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले नेपालमा संघीयताको नयाँ अभ्यास भइरहेको हुँदा अहिले नीति निमार्णको क्रमले प्राथमिकता पाउने बताए । सात नम्बर प्रदेशलाई सम्वृद्ध र आत्मनिर्भर बनाउन जति सम्भावना छन्, त्यत्तिकै चुनौती पनि रहेको मुख्य मन्त्री भट्टले बताए । 

प्रदेश सरकारको मुख्य काम सबै जातजाती, भाषा, धर्म, संस्कृतिलाई समाबेश गरी एउटै बलियो जग बनाउने क्रममा सबै जनाताको भावना समेट्न आवश्यक रहेको र त्यसका लागि प्रदेश सरकार तयार रहेको बताए ।

भानु माध्यमिक विद्यालयको प्रांगणमा आयोजित होली मिलन बृहत् सांस्कृतिक कार्यक्रममा लालझाडी गाउँपालिका भित्रका विभिन्न समस्यालाई समेटेर तयार गरिएको १८ बुँदे ज्ञापन पत्र गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष पेश गरेका थिए। ज्ञापन पत्रमा समाबेश गरिएका बुँदाहरुका सम्बन्धमा मुख्यमन्त्री भट्टले आगामी बजेटमा प्राथमिकताका आधारमा बजेट विनियोजन गरी समस्या समाधानतर्फ केन्द्रित हुने बताए । 

दोँदा नदिमा तटबन्दको योजना तयार गर्न लगाउने भट्टले बताए । नागरिकको सडकमा सहज पँहुच पुर्याउने जिम्मेवारी प्रदेश सरकारको रहेको र हात्ति आतंकको समस्या समाधानका लागि स्थानीय तहले योजना बनाएर दिएमा तत्काल प्रदेश सभाले सम्बोधन गर्ने मुख्यमन्त्री भट्टले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ