arrow

कांग्रेस सांसदका घर अगाडी प्रदर्शन, झडपमा ५ प्रदर्शनकारी र ३ प्रहरी घाइते

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
janakpur-news.jpg.jpeg
धनुषा। मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा फेरि झडप भएको छ। झडपमा पाँच प्रदर्शनकारी र ३ प्रहरी घाइते भएका छन्। घाइतेको जनकपुर स्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घाइने प्रहरी स्थानीय जानकी मेडिकलमा उपचारपछि फर्किएका छन।
 
जनकपुरको ब्रम्हपुरस्थित कांग्रेस नेतृ लिला कोइराला र क्षेत्र नम्बर २ का सांसद रामकृष्ण यादवको घर अगाडी टायर बालेर प्रदर्शन गर्न लागेका प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीसंग झडप भएको पत्रकार शैलेन्द्र झाले बताएका छन्। मोर्चाका कार्यकर्ताले प्रहरीलाई ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। 
 
कोइरालाको घरमा आन्दोलनकारीले तोडफोड भने गर्न नपाएको झाले जानकारी दिए । मोर्चाका नेता सांसद कोइराला, यादवलाई जनकपुर छाड्न भन्दै विरोध प्रदर्शन गरेका हुन्। संविधानमा हस्ताक्षर गरेका सांसदलाई जिल्ला प्रवेशमा रोक लगाएको भन्दै उनीहरुले पिराडी चोकमा प्रदर्शन गरेका थिए। कांग्रेस सांसदहरुले जति विरोध गरेपनि आफ्नो घर छाडेर जान नसकिने बताएका छन्। मेधसी मोर्चाका कार्यकर्ताले मधेसीको भोट ठगेर मधेस बिरोधी संबिधान बनाएको भन्दै सांसदहरुलाई मधेस प्रवेश गर्न नदिने चेतावनी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ