arrow

अनेरास्ववियू अध्यक्षकी उमेद्वार नविनाले गरिन प्यानलको घोषणा (भिडियो सहित)

ऐन महरले गरे समर्थन

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
nabina-lama.jpg.jpeg
काठमाडौं। नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २२ महाधिवेशनका लागी अध्यक्ष लागि नविना लामाले आफ्नो समुहको प्यानलको उम्मेदवारी घोषणा गरेकी छिन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट विद्यार्थीको समुहको नेतृत्व गर्दै लामाले उमेद्वारी घोषणा गरेकी हुन्। उनीसँगै अध्यक्षका आकाँक्षी ऐन महरले समेत उनको उमेद्वारीलाई समर्थन गरेपछि लामाको उमेद्वारी वलियो देखिएको छ। ओली पक्षधर केहि नेताले लामाको प्यानल वनाउन सहयोग गरेका थिए।  
 
लामाले घोषणा गरेको प्यानलमा उपाध्यक्षहरुमा रश्मी आर्चाय, महेश बस्तोला, शैलेश लामा र सुनिता बराल छन्। त्यसैगरि अध्यक्षका आकाँक्षी रहेका महर महासचिबका पदमा उमेद्वारी दिने सहमति भएको लामाले बताइन। सचिबका लागी आर सि लामीछाने, समिक बडाल, बसन्त ढकाल, दुर्गानन्द ठाकुर, कमला बोहोरा, मकर खड्का, गोबिन्द गिरी ठाकुर, झपेन्द्र खत्री, बाङछु योञ्जन लगाएतका रहेका छन्।
 
कोषाध्यक्षमा छबी चुडाल उमेद्वार बन्ने सम्भाबना रहेको छ। खुल्लामा सचिब नभएका ४ जनालाई निर्वाचन आयोग लेखा आयोग र अनुसासन आयोगमा समेट्ने लामाको भनाई छ। निर्बाचनमा आयोगमा दुर्गा शर्माले दाबी रहेको छ। अन्य बाकी सचिबदेखी सचिबालयहरु सम्मेलनको केही दिन अगाडी मात्रै घोषणा हुनेछ। 
 
नविनालाई अध्यक्षमा टुंगो लगाएपछि ओली पक्षको प्यानलनका पदाधिकारीहरुको उम्मेदवारको अल्फाबिटा हाउसबाट घोषणा गरेका हुन्। विद्यार्थी राजनीति र आन्दोलनलाई बचाउने जिम्मा अहिलेको पुस्तालाई आएको उनको भनाइ छ। विद्यार्थी आन्दोलनलाई सबै विद्यार्थी संगठनहरुले एकजुट भएर बचाउनुपर्ने उनको तर्क छ। विद्यार्थी नेताहरु अहिले दलाली, तस्करी र आपराधिक काममा लागेका छन् त्यसको मुक्ति र अन्त्यका लागि पनि अनेरास्ववियूमा आफूले उमेद्वारी दिएको बताउने नविनाले हाम्राकुरा डटकमसँग भनिन 'साथीहरुले मेरो कुरालाई संगठन बचाउने सन्दर्भमा स्वकार्नुहुनेछ। विद्यार्थी राजनीति र आन्दोलनलाई उचाइमा पुर्‍याउन पनि  मलाई नेतृत्वमा पुर्‍याउनुहुनेछ।'  
 
यता माधव नेपाल पक्षको प्यानलनबाट भने अध्यक्षको उम्मेदवारमा दीपक गौतम भएपनि उनको समुहको घोषणा भने भएको छैन। थोमस बस्तोला समेत अध्यक्षका लागी नाम चर्चामा छन्। राधिका खतिवडा, अष्ट लामा, अब्दुल हुसेन खा, सरोज यादब, जीवन राई लगाएतको महासचिबमा दाबेदार रहेका छन्। यि पदमा नआएका उपाध्यक्ष हुनेछन्। सचिबका सुरेश पराजुली, कमल शाही, अशेष घिमिरे, आरती लामा लगाएतमा दाबेदार देखिएका छन्। कोषाध्यक्षमा दिनेश आर्चायको उमेदवारी दिने तयारी भएपनि नेपाल प्यानलन अहिलेसम्म घोषणा भएको छैन्।
 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २२औं महाधिवेशन माघ २७ र २८ मा भुकुटीमण्डपमा प्रधानमन्त्री केपी ओली उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
 
आफ्नो उमेद्वारी र प्यानल घोषणाका बारेमा लामाले हामीसँग गरेको कुराकानीका लागि यहाँ हेर्नुहोलाः 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ