arrow

दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार

महेन्द्रनगर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दैछन् ।  

संघीय समाजवादी फोरम र राजपाले पाँच–पाँच जना मन्त्रीको नाम टुंगो लगाएपछि बुधबार मन्त्रिमण्डल विस्तार हुन लागेको हो । 

दुवै पार्टीले दुई–दुई जना मन्त्री र तीन–तीन जना राज्यमन्त्रीको नाम टुंगो लगाएका छन् । फोरमबाट ज्ञानेन्द्र यादव, शैलेन्द्र साह, योगेन्द्र यादव, सरोज सिंह र उषा यादवले आज पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार आतिष मिश्रले बताउनुभयो । शपथ ग्रहण कार्यक्रम बुधबारका लागि तय गरिएको छ । 

यता राजपाले शपथ लिने मन्त्रीको नाम सार्वजनिक गरेको छैन । राजपाको समर्थनमा फोरमले मुख्यमन्त्रीसहित चार मन्त्रालय र राजपाले सभामुखसहित तीन मन्त्रालयको बाँडफाँड गरेका छन् । 

फोरमबाट मुख्यमन्त्री राउत र अर्थ मामिलामन्त्री विजय यादव तथा राजपाबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा जितेन्द्र सोनलले मन्त्रालय सम्हालिसकेका छन् । 

राजपा अध्यक्षमण्डलका सदस्यबीच निर्वाचितलाई मात्र मन्त्री बनाउने वा समानुपातिक सांसदलाई पनि बनाउने भन्नेमा विवाद रहेको बताइन्छ । 

राजपाबाट नवलकिशोर साह, मनीष सुमन, जयनुल राइन र डिम्पल झा मन्त्रीको आकांक्षी छन् । 

त्यस्तै, परमेश्वर साह, सुरिता साहलगायत सांसद राज्यमन्त्रीका आकांक्षी छन् ।

 राजपा प्रदेशसभा सदस्य परमेश्वर साहले कसलाई सरकारमा पठाउने भन्ने विषयमा पार्टीले बुधबार नै टुंगो लगाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ