arrow

उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे बहस

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
उच्चस्तरीय-राजनीतिक-संयन्त्र.jpg.jpeg
काठमाडौं । सरकारलाई समर्थन गरेका दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतबार साँझ बसेकोे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे पनि छलफल भएको छ ।
 
बैठकले संयन्त्रको बैठक नियमित राखेर सरकारमा रहेका दलहरुबीच एकता कायम राख्ने निर्णय गरेको छ ।सरकारका कतिपय निर्णय साहसिक रहेको संयन्त्रको ठहर छ । तर, अझै प्रभावकारी बनाउनु पर्ने देखिएको भन्दै प्रधानमन्त्रीलाई सुझाव दिएको एमाओवादी महासचिव कृष्णबहादुर महराले हाम्रा कुरालाई जानकारी दिए ।
 
नाकाको अवरोध हटाउन मधेसी मोर्चासँग पनि कुरा गर्ने र भारतसँग पनि पहल गर्र्ने निर्णय भएको महरा बताए । बैठकले प्रधानमन्त्रीको भारत भ्रमणमा दुई देशको सम्वन्ध राजनीतिक तहमा सुदृढ हुने गर्नु पर्नेमा जोड दिएको छ । साथै मधेस समस्या समाधान गर्न वार्ता र छलफललाई जारी राख्ने राजनीतिक संयन्त्रको निर्णय छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ