arrow

श्रीदेवीको अन्तिम विदाई

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
shreedevi.JPG

काठमाडौं ।  भारतीय चलचित्र अभिनेत्री श्रीदेवीको पूर्ण राजकीय सम्मानका साथ बुधवार बेलुकी पख अन्त्येष्टी गरिँदैछ । सन् २०१३ मा पद्मश्री पदक जितेकी अभिनेत्री श्रीदेवीलाई महाराष्ट्र प्रहरीले सलामी सहित अन्तिम विदाइ गर्दैछ ।

दुबइबाट ल्याइएको श्रीदेवीको शव ३ घण्टा सेलेब्रेशन स्पोट्र्स क्लबमा श्रद्धान्जलीका लागि राखिएको थियो । शबमा राष्ट्रिय झण्डा ओढाइएको छ । श्रद्धान्जलीस्थलबाट करीब डेढ घण्टाको शव यात्रा सहित श्रीदेवीको शव एस भी रोडको भिले पार्ले हिन्दु समाधीस्थल लगिएको छ ।

 सडकमा समर्थक शुभेच्छुकको भीड थामिनसक्नु छ । स्थानीय समय अनुसार ४ बजे श्रीदेवीको अन्तिम संस्कार गरिँदैछ । ५४ वर्षको उमेरमा दुवइमा निधन भएकी श्रीदेवीको शव स्वदेश ल्याउने प्रक्रिया मिलाउने ३ दिन लागेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ