arrow

आर्थिक र समावेशी विकास नयाँशक्तिको वैचारिक आधार

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
baburam-bhattari-FNL.jpg.jpeg
गोरखा। नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले आर्थिक र समावेशी विकास मुख्य वैचारिक आधारमा नयाँ पार्टी गठन हुने बताएका हुन् ।  अहिले अन्तरिम केन्द्रीय परिषद्मात्रै गठन भएको बताउँदै उनले अबको तीन महिनाभित्र जनताको भेलाबाट नयाँ पार्टी गठन हुने बताए । 
 
गोरखामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले देशलाई वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको र त्यो नयाँशक्ति भएको दाबी गरे। “जगैदेखि नयाँ पार्टी बनाउने तयारीमा हामी जुटेका छौँ” भट्टराईले भने । प्राविधिक विज्ञता र राजनीतिक सङ्गठनसहितको नयाँ पार्टी गठन गर्दै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने उहाँको भनाइ थियो ।
 
उनले भूकम्पले भत्काएका गाउँबस्ती पुनःनिर्माणमा ढिलाइ भएको बताउनुभयो । बर्खाअघि नै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने भन्दै भट्टराईले ‘यो बर्खामा भूकम्पपीडित रुझेरै बस्न बाध्य हुने सङ्केत देखा परेको’ भन्दै सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ