arrow

सिंहदरवारमा काम गर्ने धेरै सरकारी कर्मचारी प्रेसर र ग्याष्ट्रिकका विरामी

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
health-desk-singhdurbar.jpg

काठमाडौं। छैठौ स्वास्थ्य सेवा दिवसको दिन नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सिहंदरवार भित्र कार्यरत कर्मचारीहरुलाई लक्षित स्वास्थ्य सेवाको शुरुवात गरेको छ। मंगलवार सरकारका मूख्य सचिव लोकदर्शन रेग्मीले सेवाको उद्घाटन गरे। 

सेवा शुभारम्भको अबसरमा स्वास्थ्य सचिव डा पुष्पा चौधरी लगाएत स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो। हाल राष्ट्रीय पुनर्निर्माण प्राधिकरणको भवनबाट वीर अस्पतालको डाक्टर र बरिष्ठ स्वास्थ्यकर्मीबाट सेवा शुरु भएको छ। 

स्वास्थ्य सेवा शुरुवात भएकै दिन मंगलवार १७  जना कर्मचारीले सेवा लिएकोमा आज १६ गते १५ जना कर्मचारीले सेवा लिएको थिए। सेवा लिने धेरैजसोमा प्रेसर, ग्याष्टिक र एर्लजीको समस्या देखिएको वरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले बताए।

बुधवार ३ जना कर्मचारीलाई थप उपचारको लागि वीर अस्पताल पढाईको मुडभरीले बताए। 

सिंहदरवारको स्वास्थ्य सेवामा आवश्यक औषधि र उपकरण उपलब्ध भैसकेको र अन्य आवश्यक औषधि उपकरण र एम्बुलेन्स चाडौ नै आउने बताइएको छ। सिहंदरवार भित्रै सेवा सञ्चालन भएको धेरै कर्मचारीहरूलाई थाह नभएपनि दिनदिनै परिक्षण गर्न आउनेहरुलाई साथी सहकर्मीलाई जानकारी दिने बताइरहेका छन्।  

सेवा सञ्चालन गर्नुको मुख्य उदेश्य उपचारको बहानामा घरी घरी कार्यालय छोड्ने कर्मचारीलाई सिंहदरवारमै प्राथमिक उपचार गर्ने र आवश्यक भए मात्रै अस्पताल पठाउनु रहेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारी बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ