arrow

लागुऔषधसहित एक भारतीय पक्राउ

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
nepal-police-Fn.png.png
वीरगन्ज। प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका एक जना भारतीय नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत रक्सौल–१२ निवासी सलमान भाइ उपनाम भएका देवेन्द्रकुमार सोनार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
 
प्राप्त सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा शरीरमा लुकाइरहेको अवस्थामा प्रतिबन्धित २८ ग्राम खैरो हेरोइनसहित प्रतिबन्धित लागुऔषध नर्फिन ११०, डाइजोपाम ११० र फेनारगन ११० गरी कुल ३३० थान इन्जेक्सनसहित उनलाई वीरगन्ज–१९ नगवाबाट शुक्रबार पक्राउ गरिएको हो । सीमावर्ती भारतीय सहर रक्सौलमा लागुऔषध खरिद गरेर नेपाल भित्र्याउन लागेका अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
 
पक्राउ परेका सोनारलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले बताए । भारतका मुजफ्रपुर र मोतिहारीलगायतका विभिन्न ठाउ“बाट लागुऔषध खरिद गरी रक्सौलमा सोनारले सञ्चालन गर्दै आएका मा“ दुर्गा ड्रग एजेन्सीमा भण्डारण गर्ने र त्यहा“बाट वीरगन्ज, हेटौँडा, पोखरा, भक्तपुर र काठमाडौँलगायतका सहरमा पठाउने गरेको दाबी प्रहरीको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ