arrow

देब्रे आँखाको ज्योती गुमेका राजेन्द्र महतो भारतको मुजफ्फरमा देखिएपछि

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
rajendra-mahato-new-photo-mujf.jpg.jpeg
काठमाडौं । विराटनगरको जोगबनी नाकामा धर्ना बसेकै बेला प्रहरीसंगको झडपमा घाइते भएपछि दिल्लीमा उपचार गराएका सद्भावना अध्यक्ष राजेन्द्र महतोको देब्रे आँखाको ज्योती गुमेको बताइएको छ । महतोका भतिजा उपेन्द्र महतोले चेक जाँचका क्रममा अध्यक्ष महतोको बाँया आँखाको जेति गुमेको रिपोर्ट आएको बताए । 
 
उपेन्द्रले भनेका छन्, ‘जोगबनी नाकामा धर्ना दिन गएका बेला महतोलाई प्रहरीले टाउकोमा लाठी प्रहार गरेका थिए, जसको असरले आँखामा समस्या भएको र उच्च रक्तचाप तथा सुगर समेत कन्ट्रोल हुन सकेको छैन ।’ अब आँखाको उपचार गर्नु पर्ने भएको छ ।  तर, महतोले आन्दोलन र राजनीतिक गतिविधि छाडेका छैनन् । महतो एकाएक भारतको मुजफ्फरपुरमा सार्वजनिक कार्यक्रममा देखिए । मुजफ्फरपुरस्थित महात्मागान्धी सभाघर एवं  मुजफ्फरपुर प्रेस क्लब संयुक्त भवनमा आयोजित मधेस आन्दोलनमा हाम्रो भूमिका विषयक अन्तरक्रियामा फुलमाला, टोपी लगाएर प्रस्तुत भए । 
 
महतोसंगै संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादव कार्यक्रममा देखिए । महतोले पछिल्लो समय मधेस केन्द्रीत दल र पहिचानवादी अन्यदलहरु मिलाएर महागठबन्धन गर्ने प्रस्ताव अघि सारेका छन् । जसले मोर्चामा तरंग फैलाएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ