arrow

सङ्गीतले देशलाई एकताको सूत्रमा बाँध्छ: राष्ट्रपति

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
bidyadevi.jpg.jpeg
काठमाडौं। नातिकाजी स्मृति समाजले सङ्गीत क्षेत्रमा योगदान पुयाउने विशिष्ठ व्यक्तिलाई आइतबार सम्मान गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित स्मृतिसभाका अवसरमा विभिन्न विधाका चर्चित स्रष्टालाई सम्मान गरिएको हो । यसअनुरुप नगद रु २० हजारसहित नातिकाजी विशिष्ट स्रष्टा सम्मान शारदाविक्रम बस्न्यातलाई प्रदान गरिएको छ । 
 
त्यस्तै, नातिकाजी विशेष सम्मान चार जना क्रमशः पिएल श्रेष्ठ, इन्दिरा श्रेष्ठ, प्रेमविनोद नन्दन र श्रीपुरुष ढकाललाई प्रदान गरिएको छ । नगद रु ११ हजार ११ राशिको नातिकाजी सङ्गीत पुरस्कार दीप श्रेष्ठ, शीलाबहादुर मोक्तान र उषा शेरचन तथा सोही राशिको नातिकाजी नवप्रतिभा सङ्गीत पुरस्कार विश्व नेपालीलाई प्रदान गरिएको छ । त्यसैगरी, प्रशंसापत्रद्वारा धु्रवकुमार श्रेष्ठ, सुनिल शर्मा र ठाकुरप्रसाद ढुङ्गानालाई सम्मान गरियो । 
 
संस्थाका तर्फबाट ती सबै सम्मान तथा पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेका हो ।सो अवसरमा राष्ट्रपति भण्डारीले गीत सङ्गीतका माध्यमबाट देशभक्तिको भावना जगाउन र एकताको सूत्रमा बाँध्न महत्वपूर्ण योगदान पुग्ने बताए ।
उनले पुराना स्रष्टाको योगदानको कदर गर्दै नयाँ पुस्ताले त्यसलाई अनुसरण गर्नसकेमा नेपाली सङ्गीत क्षेत्रको उत्थान हुने उल्लेख गरे ।
 
राष्ट्रपति भण्डारीले अमर व्यक्तिको कृतिलाई उजागर गरी उनीहरुलाई चिरस्मरणीय बनाउनेतर्फ ध्यान दिइनुपर्नेमा जोड दिए। समाजका अध्यक्ष एवम् वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा र वरिष्ठ गीतकार यादव खरेलले सङ्गीत क्षेत्रको उत्थानका लागि राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए । सो अवसरमा राष्ट्रपति भण्डारीले स्व नातिकाजीद्वारा सङ्गीतबद्ध देशभक्तिपूर्ण गीतको सिडी विमोचन गर्नुभएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ