arrow

चिनियाँ नागरिकको नगद र पासपोर्ट भेटियो

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
passport.jpg.jpeg
साँखु (काठमाडौँ) । शनिवार दिउँसो चिनियाँ नागरिकद्वय लम्झुनिमा र झी वीन साँखुको बज्रयोगिनी माताको मन्दिरमा दर्शनका लागि आउँदा हराएका सामान प्रहरीको सहयोगमा फिर्ता दिइएको छ । 
 
ती चिनियाँ पर्यटकले स्थानीय सविन श्रेष्ठको होटलमा चियाखाजा खानेक्रममा व्याग छुटाएकाले उनीहरुको पासपोर्ट, पाँच हजार ३०० अमेरिकी डलर, १९ हजार चिनियाँ युआन नगद र आइफोन–६ मोबाइल हराएको थियो । 
 
उनीहरुले सामान हराएको सूचना महानगरिय प्रहरी प्रभाग साँखुलाई दिएपछि प्रभागका इन्चार्ज प्रहरी निरीक्षक उमेश जोशीसहितको टोलीले बज्रयोगिनी मन्दिर पुगी होटल मालिक सविन श्रेष्ठलाई भेटी सो रकम, राहदानी तथा मोबाइल फिर्ता गरिदिएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ