arrow

काँग्रेस अधिवेशनः किर्तीपुरमा सुवोधको अनुहारमा गगन देखिएपछि

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
subodh.jpg.jpeg
काठमाडौं। काठमाडौं काँग्रेसको अधिवेशन हुनु अघी काठमाडौंको विभिन्न नगरका अधिवेशनहरु हेर्न लायक भएका छन्। यि अधिवेशनहरुमा जोडिने नेताहरुका कारण पनि काठमाडौं काँग्रेसको अधिवेशन चर्चामा पनि रहेको छ। 
 
काठमाडौंको किर्तिपुर नगरपालिकाको काँग्रेसको नगर अधिवेशन यतिखेर धेरैको लागि प्रतिक्षाको विषय भएको छ। हुनत यसअघी काँग्रेस महामन्त्री प्रकाशमान सिंहसँग निकट रहेका कृष्णमान डंगोलले नगर सभापतिमा जितेपनि यसपटक उनको लागि नगर सभापतिको पद फलामे च्युरा हुने भएको छ। 
 
विद्यार्थी राजनीतिबाट आएका सुवोध आचार्यलाई किर्तिपुरका युवाहरुले नगर सभापतिको निर्वाचन उठाएपछि अहिले डंगोललाई उमेद्वार बनाउनेहरु हच्किएका काँग्रेसका स्थानिय कार्यकर्ताहरु बताउँछन। 
 
किर्तीपुरको सरसफाइ अभियान सञ्चालन गर्दै किर्तीपुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्न स्थानिय यूवाहरुसँग मिलेर काम गरेका आचार्यको नेतृत्व शैली देखेर स्थानिय यूवाहरुले उनलाई सभापतिको उमेद्वार बनाएका उनले बताएका छन्। प्रतिगमन विरुद्धको आन्दोलनमा उनले काठमाडौंमा एक विद्यार्थी नेताको भुमिकामा काम गरेका थिए। त्रिचन्द्र क्याम्पसको उपसभापति समेत भएका आचार्य त्यसपछि भने पार्टीका काममा क्रियाशिल रहँदै आएका थिए
 
नेता बन्न मात्र उमेद्वारी नदिएको बताउने आचार्यले आफ्नो चुनावी अभियान नै पनि फोहोर संकलन र सरसफाइ अभियानबाट शुरु गरेका थिए। किर्तीपुरलाई सफा र स्वच्छ राख्ने अभियान लिएर हिडेका आचार्यले एउटा नारा समेत तय गरेका छन ' पर्यटकीय नगरी किर्तीपुर सफा किर्तीपुर ' । हुन पनि शिक्षाको केन्द्र किर्तीपुरलाई सफा बनाएर पर्यटकीय नगरी बनाउन काँग्रेसको नगरको नेतृत्वमा पुग्नुपर्ने बताएका छन्। 
 
काँग्रेस नेता गगन थापाको सहपाठी तथा एकैपटक त्रिचन्द्रमा राजनीति गरेका आचार्य किर्तीपुरको नगर सभापतिमा उमेद्वार बन्दै गर्दा उनलाई गगन थापाको उमेद्वारकव रुपमा देख्नेहरु पनि छन्। सहपाठी हुनुको नाताले थापाको सहयोग आफूलाई रहेको दावी आचार्यको छ। मलाई गगन थापाले शुभकामना दिएका छन आचार्यले बताए। 
 
आफूहरु संगठीत रुपमा चुनावी अभियानमा लागेको उनले बताए। आचार्यको प्रचार र शैली देखेर उनीसँग धेरै कार्यकर्ता प्रभावित भएको डंगोल निकटहरु पनि बताउँछन्। सिंहसँग निकट भनेर चिनिएका डंगोलको प्रचार र कार्यकर्ताहरुमा खासै प्रभाव नदेखिएपछि सिंह निवास चाक्सिवारीमा समेत यसको बारेमा चर्चा भएको छ। डंगोलको विकल्पमा नयाँ उमेद्वार खोज्ने बारेमा पनि चर्चा भएको बताइएको छ। तर अन्तिममा सिंह पक्षको समर्थन डंगोललाई नै हुनसक्ने बताइएको छ।  
 
आचार्यले आफ्नो प्यानलको सचिवमा शसिर महर्जन र कोषाध्यक्ष अम्बिका श्रेष्ठ भएको बताए। साथै सदस्यहरुमा सरोज शाक्य, श्री महर्जन, चन्द्र बहादुर बोहोरा, दिल कुमार महर्जन, सुरेन्द्र केसी, सुदन श्रेष्ठ, सरोज तिवारी, शारदा महर्जन पनि आचार्य प्यानलबाट रहेका छन्। किर्तीपुर नगरमा काँग्रेसका ६५३ क्रियाशिल सदस्य रहेका छन्। 
 
माघ १९ गते हुन लागेको नगर चुनावमा यतिखेर आचार्यको अनुहारमा गगन थापा देखिएको भनेर पनि एकथरिले चर्चा गरेका छन्। आचार्यले भने आफू किर्तिपुरका सबै काँग्रेसका नेता कार्यकर्ता अग्रज तथा साथीहरुको सहयोगमा सबैको हितमा काम गर्नेगरि खडा भएको बताएका छन्। तर संस्थापन पक्षभित्रै दुई समुह उमेद्वार हुँदा नतिजा कस्तो आउने हो धेरै प्रतिक्षा गरेका छन्। तर आचार्य भन्छन साथीहरु र पार्टीका सहकर्मी र अग्रजहरुको हौसलाले चुनाव आधा त जितिसकिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ