arrow

महेन्द्रराय यादवबाट के अपेक्षा गर्ने ? 

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
mahendra.JPG

काठमाडौं । संघीय संसदको पहिलो बैठक सोमबार बस्दैगर्दा आइतबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसदले सपथग्रहण गर्दैछन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्रराय यादवले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनेछन् र उनले बाँकी रहेका सदस्यहरुलाई सपथ दिलाउने छन् । 

त्यसैगरी राष्ट्रियसभाका ज्येष्ठ सदस्यका रुपमा तारादेवी भट्टले पद तथा गोपनीयताको शपथ खानेछिन् र अरुलाई खुवाउने छिन् । 

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचन नभएसम्म उनीहरूले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ । 

रमाइलो एवं तीतो यथार्थका रुपमा महेन्द्रराय यादवको उमेर ८० वर्षको देखाइएको छ। यादव प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । 

दुर्भाग्य उनी ६५ वर्षका मात्र हुन । तर उनले बढाएको उमेरबारे अहिलेसम्म पनि संसद बेखवर हुनु दुर्भाग्य हो । 

नेपाली राजनीतिमा अवसरवादी चरित्र हावी भएका सन्दर्भमा उनले उमेर बढाएर कहाँ कहाँबाट सुविधा लिए ? उमेरको राजनीति त यस्तो हुन्छ भने अन्य क्षेत्रमा कहाँ के हुँदोहोला भनेर चर्चा सुरु भएको छ । 

यादवले बढाएको उमेरले उनको नैतिकतामाथि पनि प्रश्नचिन्ह खडा गरेको छ । 

यसै सन्दर्भमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार आफ्नो दलका सांसदहरुसंग भनेका थिए, ‘हिजोसम्म मलाई दाइ भन्थे, मैले भाइ भन्थें अब भाइसंग सपथ लिनुपर्ने भयो ।’

यो यादवका लागिमात्र होइन थितिका लागि पनि राम्रो व्यङ्ग्य हो । खुलेआम १५ वर्ष उमेर ढाँट्नेबाट अरु के के कुराहरु बाहिर आउन बाँकी होला कुन्नी !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ