पाँच दलको सर्वदलीय बैठक सुरु, २७ गते सभामुखको निर्वाचन ?
प्रकाशित २०७४ फागुन २० आइतबार
297
Shares
काठमाडौं। संघीय संसदको पहिलो अधिवेशनको कार्यसूची तय गर्न राष्ट्रिय दलको मान्यता प्राप्त पाँच दलको सर्वदलीय बैठक शुरु भएको छ। संसद अधिवेशन सोमबारदेखि सुरु हुँदैगर्दा पाँच दल घनिभूत रुपले कार्यसूचीका लागि बैठकमा व्यस्त भएका हुन्। सोमबारको संसदका लागि आइतबार सांसदहरुले पद तथा गोपनियताको सपथ खाँदैछन्।
बैठकले फागुन २७ गते सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची बनाउने बुझिएको छ। बैठकले सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनको मिति तय गर्न सक्ने बताइन्छ। राष्ट्रपतिको निर्वाचन भने फागुन २९ गते हुनेछ।