- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । सुरुमा संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सांसदहरुलाई स्वागत तथा बधाई दिए ।
लगत्तै ज्येष्ठ सदस्य महन्थ ठाकुरले नेपाली भाषामा सपथ दिलाए । प्रतिनिधिसभा सदस्यहरुलाई ज्येष्ठ सदस्य ठाकुरले ईश्वरका नाममा सपथ दिलाए ।
यद्यपि सांसदहरुले उच्चारण गर्दा ईश्वर भन्ने शब्द प्रष्टसँग सुनिएन । मातृभाषामा सपथ लिन निवेदन दिएकाहरुले आ–आफुले रोजको भाषामा सपथ लिए । सपथ समारोह सकिएपछि जलपान भन्दै बैठक सकियो ।