arrow

संघीय नेपालको ऐतिहासिक संसद् बैठक सुरु हुँदै, यी हुन् यो महिनाका कार्यक्रम

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
parlinment-union.png

काठमाडौं । संघीय नेपालको ऐतिहासिक संसद् बैठक सोमबारदेखि सुरु हुँदैछ । आइतबार संघीय संसद्का सांसदले शपथ लिएपछि सोमबार पहिलो बैठक बस्न लागेको हो । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक सोमबार नै बस्दैछ । 

बैठक छुट्टाछुट्टै बस्दैछ । 

संघीय संसद्को अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था भए पनि संविधानमा पहिलो बैठकलाई नै राष्ट्रपतिले संवोधन गर्ने नभनिएकाले अहिले छुट्टाछुट्टै र राष्ट्रपतिले संवोधन गर्ने दिन संयुक्त बैठक बस्ने छ ।


दुवै सदनको पहिलो बैठक अपरान्ह ४ बजे सुरु हुनेछ । पहिलो बैठकमा अधिवेशन आह्वान भएको जानकारीसहितको राष्ट्रपतिबाट प्राप्त पत्र भने पढेर सुनाइने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकले बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गर्नेछ भने सभामुखको निर्वाचन मिति घोषणा गर्नेछ ।

त्यस्तै, राष्ट्रिय सभाको पहिलो बैठकले राष्ट्रिय सभा बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेर अध्यक्षको निर्वाचन मिति तोक्नेछ ।

यस्ता छन् यो महिनाभरका कार्यक्रम
संसद सचिवालयले तयार पारेको अन्तरिम कार्यविधि आइतबारको सर्वदलीय बैठकले स्वीकृत गरिसकेकाले सो कार्यविधि सोमबारको दुवै सदनको पहिलो बैठकले पारित गर्नेछ । 

–२६ फागुनमा सभामुखको निर्वाचन हुनेछ 

–२७ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनेछन् । 

–२९ फागुनमा राष्ट्रपतिको निर्वाचन हुनेछ । 

–३० फागुनमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ