arrow

राष्ट्रियसभा बैठक : अन्तरिम कार्यविधि पारित

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
parliament.png

काठमाडौं । अन्तरिम कार्यविधि पारित गरेर राष्ट्रियसभाको पहिलो बैठक राष्ट्रियसभाको मंगलबारसम्का लागि स्थगित भएको छ ।

संसद भवन नयाँ वानेश्वरमा बसेको बैठकले राष्ट्रियसभा नियमावली तयार नहुँदासम्म बैठक सञ्चालन गर्न बनाइएको अन्तरिम कार्यविधि पारित गरेको हो ।

कार्यव्यवस्था परामर्श समिति समेत नभएको अवस्थामा संघीय संसद सचिवालयले दलीय छलफलमार्फत तयार पारेको थियो ।

बैठकको अध्यक्षता ज्येष्ठ सदस्य तारादेवी भट्टले गरिन् । राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष चयन नहुन्जेल ज्येष्ठ सदस्यले नै बैठक चलाउने चलन छ । बैठकमा सुरुमा प्रधानमन्त्री र मन्त्रीहरुको नियुक्तिबारे राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाइयो ।

यो बैठकले अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न तीन जना सांसदको नाम मनोनयन गरेको छ । एमालेका परशुराम मेघी गुरुङ, नेपाली कांग्रेसका राघेश्याम अधिकारी र माओवादी केन्द्रका कालीबहादुर मल्लले अध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने छन् । राष्ट्रियसभा बैठक मंगलबार विहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ