arrow

संसदमा पहिलो दिन : सुवाललाई ठाकुरको प्रश्न-नियमनै नवनि के को नियमापत्ति ?

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
mahantha.jpg

काठमाडौं । सोमबार संघीय संसदका दुवै सदनको बैठक बस्यो । राष्ट्रिय सभामा एक मन्त्री बस्ने ठाउँमा टुक्रुक्क रामबहादुर थापा मात्रै देखिए । राष्ट्रियसभा सदस्यमध्ये थापा र डा. युवराज खतिवडा मन्त्री भएपनि खतिवडाको सपथ भइनसकेकाले बैठकमा उपस्थित हुन पाएनन् । उनी एक्लै परे ।

राष्ट्रियसभा भन्दा बढी रमाइलो प्रतिनिधिसभामा भयो । प्रतिनिधिसभामा जेष्ठ सदस्यका रुपमा बैठकको अध्यक्षता गरेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद महन्थ ठाकुरले कार्यसञ्चालन नियमावली नबनेसम्मका लागि संसद गतिविधि चलाउन अन्तरिम कार्यविधि निर्णयार्थ पेस गरे । त्यो, प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नियमापत्ति गरे ।

सुवालले अन्तरिम कार्यविधि अध्ययन गर्न पाउनु पर्ने माग राखे । सुवालको कुरा सुनेपछि बैठकको अध्यक्षता गरिरहेका ठाकुरले सुवाललाई बस्न आग्रह गरे । सुवाल उठेकै देखेर ठाकुरले प्रतिप्रश्न गरे– माननीय सदस्य, नियम नै बनेको छैन, कुन नियमावलीको आधारमा नियमापत्ति ? पहिले नियम बन्न बनाऔँ, बस्नुस् माननीय सदस्य ।अनि, सुवालले थप तर्क गरेनन् ।

बैठकले सर्वसम्मत अन्तरिम कार्यविधि पारित गर्दा सुवालले प्रस्तावको विरोधमा मत भने दिएनन् । मजदुर किसान पार्टीबाट सुवालमात्रै सांसद छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ