arrow

प्रदेशका कानूनमन्त्रीले भने - रेशम चौधरीलाई सार्न सकिन्छ

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
resham-chaudhari.jpg

धनगढी । प्रदेश नं ७ सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कारागारमा अनशनमा बसेका टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई अर्को कारागारमा स्थानान्तरण गर्न सकिने बताएका छन् ।  

सोमवार मन्त्रालयमा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा प्रदेश सरकारको प्रवक्तासमेत रहेका मन्त्री शाहले कानूनलाई चुनौती दिने, सामाजिक सद्भाव खल्बल्याउने र अशान्ति हुने गतिविधि भएमा आरोपी चौधरीलाई अन्य कारागारमा स्थानान्तरण गर्न सकिने स्पष्ट पारे ।

कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकोतर्फबाट विजयी चौधरी टीकापुर घटना भएको झण्डै ३० महिनापछि केही दिनअघि मात्र अदालतमा उपस्थित भएका थिए । अदालतको आदेशबमोजिम कैलाली कारागारमा रहेका चौधरीसहितका टीकापुर घटनाका आरोपी २४ जनाले कारागारमा आइतबारदेखि अनशनमा बसेका छन् ।

मन्त्री शाहले कार्यक्रममा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा मन्त्रालयको भौतिक व्यवस्थापनको सुदृढीकरणका साथै मन्त्रालयमा आधुनिक सूचना प्रविधियुक्त स्वचालित कार्यप्रणाली लागू गर्ने कामलाई पहिलो प्राथमिकता दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ