arrow

[अपडेट] नेपाल–भारत भिडन्त : नेपाल पहिले ब्याटिङमा, ४८ ओभरको खेलमा नेपालको सस्तै १ विकेट पतन ?

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
nepal-VS-india-ne-photo.jpg.jpeg

काठमाडौं । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल बलियो प्रतिद्वन्द्वी भारतसंग भिडिरहेको छ । बंगला नेशनल स्टेडियम मिरपुरमा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछी नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ । अरब सारगबार उत्पन्न जल वाष्फले मिरपुरमा मौसममा आएको बदलिले कुहिरो लागेपछी खेल छोट्याइएको छ ।

४८ ओभरमा छोट्याइएको खेलमा नेपालले ब्याटिङ थालेको सुरुवाती दुई ओभरमा ५ रन बनाउँदै एक विकेट पतन भएको छ । ओपनर जोडीका रुपमा आएका सुनील धमलालाई नेपालले सस्तैमा गुमाएको छ । धमला खाता नखिलेरै आउट भए । नेपाली ब्याट्सम्यानमा सन्दिप सुनार, सुनील धमला र योगेन्द्र सिंह कार्की सुरुवाती लाइनमा थिए ।

कप्तान राजु रिजाल चौथो नम्बरमा छन् । यू–१९ टोली प्रशिक्षक जगत टमाटाले नेपाल दबाबमा नपर्ने बताएका छन् । उनका अनुसार नेपाल बे दबाब उच्च मनोबलका साथ मैदान उत्रिएको छ । आइतबार दुबै टोलीले मिरपुरमा अभ्यास गरेकाले पनि नेपाल दबाबमा नहुने टमाटाको भनाई छ । भारतले पहिला दुई खेल खेलेको विकेट परिवर्तन गरी सोमबार अर्को विकेटमा खेल्न लागेको छ । जसले नेपाली टोलीलाई  खासै असर नगर्ने टमाटाले बताएका छन् । नेपाली क्रिकेट समर्थकले खेललाई बहुप्रतिक्षाको रुपमा लिएका छन् ।

एक खेल अगावै क्वार्टरफाइनलमा पुगेका यी दुई टोलीबीचको यो दोस्रो भेट हो । समूह चरणको अन्तिम यसै खेलबाट समूह विजेताको टुंगो लाग्ने छ । सन् २००० को विश्वकपमा दोस्रो चरण पुगेको नेपालले भारतसंग पहिलो भेट गरेको थियो । त्यसबेला दोस्रो चरणमा पहिलो भेट गरेको नेपाले १५ वर्ष पछि दोस्रो चरण भिड्नु अघि उही प्रतिद्वन्दी पाएको छ । सन् २००० को सुपर लिगमा नेपाल भारतसंग ८ विकेटले पराजित भएको थियो । नेपाललाई हराउन तत्कालिन अण्डर–१९ भारतीय कप्तान मोहम्मद कैफले ५७ रन बनाएका थिए । नेपालको व्याटिङ दबाउन युवराज सिंहले चार विकेट चट्काए । त्यसबेला नेपाली टोलीको नेतृत्व नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासले गरेका थिए ।
 

क्वार्टरफाइनल भिडन्त बंगलादेश वा नामिबियासंग
नेपालले क्वार्टरफाइनलमा बंगलादेश अथवा नामिबियासंग खेल्नेछ । आयोजक बंगलादेश र नामिबिया दुवै विजयी हुँदै सोमबार क्वार्टरफाइनलमा स्थान पक्का गरे । लगातार दोस्रो खेल जित्नेक्रममा बंगलादेशले स्कटल्यान्डलाई १ सय १४ रनले र नामिबियाले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरे । समूह चरणको एक खेल अघि नै बंगलादेश र नामिबिया अघिल्लो चरण प्रवेश गर्दा डिफेन्डिङ च्याम्पियन दक्षिण अफ्रिका बाहिरिएको छ । नेपालको क्वार्टरफाइनल खेल बिहीबार हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ