arrow

क्रिश्चियानो रोनाल्डोको ह्याट्रिकले इस्पानियोलको पोष्टमा रियालको ६ गोल

जिदान राज बढ्दै

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
ronaldo.jpg.jpeg

एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिडले इस्पानियोललाई ६–० को फराकिलो अन्तरले हराएको छ । घरेलु मैदान सान्टियागो, बर्नब्यउमा भएको खेलमा रियालले इस्पानियोललाई पुरै खेल अवधिभर दबाबमा राख्यो । दबाबमा परेको इस्पानियोलका पाँच खेलाडीले पहेंलो कार्ड पाए । रियाललाई विजयी गराउन मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे । करिम बेन्जेमा र जेम्स रोड्रिग्वेजले एक–एक गोल गरे । कोष्टारिका नेशनल फुटबल टिमका डिफेन्डर समेत रहेका २४ वर्षिय इस्पानियोल डिफेन्डर ओस्कार डुअर्टले खेलको अन्तिम समयतिर आत्मघाती गोल गरे ।

खेलको सातौं मिनेटमा बेन्जिमाले गोल गर्दै रियाललाई सुरुवाती अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि १२ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै रियालको अग्रता दोब्बर पारे । १६औं मिनेटमा रोड्रिग्वेज तथा ४५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियल ४–० ले अघि रहयो । ८२औं मिनेटमा रोनाल्डोले  ह्याट्रिक पूरा गरे । रोनाल्डोले ह्याट्रिक गरेको चार मिनेटपछि इस्पानियोलका डुअर्र्टले आत्मघाती गोल गरेसंगै रियाल ६–० को फराकिलो अन्तरले विजयी भयो । रियाल मड्रिडमा नयाँ प्रशिक्षक नयाँ प्रशिक्षक जिनेदिन जिदान आएपछि खेलाडी आक्रामक बनेका छन् । रियालले छोटो समयमै प्रशिक्षक राफा बेनिटेजलाई बर्खास्त गरी जुनियर टिम प्रशिक्षक जिदानलाई सिनियर टोलीको जिम्मा दिएको हो ।

जितसंगै रियालले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी कम गरेको छ । तेस्रो स्थानमा रहेको रियालको २२ खेलबाट ४७ अंक भएको छ । एक अंक बढी रहेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनाको २१ खेलबाट ५१ अंक भएको छ । रियालसँग पराजित भएपछि २२ खेलबाट २२ अंक नै जोडेको इस्पानियोल लिगको अंक तालिकामा १५ औं स्थानमा छ । यसैबीच, आइतबार राति भएका अन्य खेलमा सेभियाले घरेलु मैदानमा लेभान्तेलाई ३–१  ले पराजित गर्दा भ्यालेन्सिया स्पोर्टिङ गिजोनसंग १–० ले स्तब्ध भयो । लस पल्लमसले सेल्टा  भिगोविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्यो ।

Madrid will hope to continue to put the pressure on leaders Barcelona and Atletico Madrid in the coming weeks

The former Manchester United forward salutes his crowd after scoring his 30th goal of the season

Zidane gestures towards the referee after a decision goes against his side at the Bernabeu but it mattered little
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ