arrow

बायोमेट्रिक र गाम्काको सिण्डिकेटलाई अन्त्य गर्ने दुई संगठनको घोषणा

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
foreign_imployment.jpg

काठमाडौं । बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने दुई संस्थाहरु नेपाल बैदेशिक रोजगार मेडिकल एशोसियसन र नेपाल मेडिकल व्यवसायी संघबीच एकीकरण भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी बायोमेट्रिक र गाम्काको सिण्डिकेटलाइ अन्त्य गर्ने घोषणा पनि गरेका छन् । 

एकीकरण पछि संघका अध्यक्ष सिताराम रेग्मीले विभिन्न देशमा जाने नेपाली कामदारको स्वास्थ्य परिक्षणमा भईरहेको सिन्डिकेटलाई मिलेर अन्त्य गर्न बताए । उनले बायोमेट्रिक, गाम्काले मच्चाईरहेको लुटलाई समेत परास्त गर्ने उद्घोष गरे । एकीकरण कार्यक्रममा एशोसियसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले सरकारले इजरायल, दक्षिण कोरिया जाने कामदारको स्वास्थ्य परिक्षणमा आफुहरुलाई विभेद गरेको भन्दै आपत्ति जनाए। उनले सरकार आफै सिन्डिकेट पक्षधरहरुसंग साँठगाँठ गरिरहेको छकी भन्ने छनक पाएको बताए।

एकीकृतपछि दुबैजना अध्यक्ष रहने र हाल कार्यसमितिको अध्यक्षमा  सिताराम रेग्मी रहने छन् । त्यसैगरी, उपाध्यक्षहरुमा माधव गौतम, विश्व शेरचन, महासचिवमा जय गुरुङ, सचिवमा नवराज पौडेल, कोषाध्यक्ष दिवाकर गौतम, सदस्यहरु लक्ष्मी श्रेष्ठ, खगेन्द्र कुमार सिंह, दिपक बाबु थापा, पम्फा श्रेष्ठ, हिराकुमारी श्रेष्ठ, सुर्यनारायण यादव, बेगम महरा, बाबिम राई, यमबहादुर तामाङ्, राजेन्द्र कुमार चौधरी र रमण गुरुङ रहने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ