arrow

प्रदेश ५ का कोर कर्मचारी मन्त्रालय आएनन्

५० प्रतिशत कर्मचारी पुगे मन्त्रालय

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन २३ बुधबार
shankar_(2).jpg

बुटवल । प्रदेश नम्बर ५ मा रहेका मन्त्रालयका कोर कर्मचारीहरु नहुँदा केही समस्या भएको प्रदेश का प्रमुख सचिव शंकर पाठकले बताए ।  मन्त्रालयका कोर कर्मचारीहरु नहुँदा कानुन निर्माण र आर्थिक ब्यवस्थापनमा समस्याहरु आएको प्रमुख सचिव पाठकले बताए ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पुर्वाधार बिकास मन्त्रालय , आर्थिक मामिला  तथा योजना मन्त्रालय, सामाजिक बिकास मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा पठाईएका १ सय ७४ कर्मचारी मध्य ५० प्रतिशत मात्रै कर्मचारी आएको उनले बताए ।

हाल सम्म ९० जना कर्मचारी आएको बताउँदै उनले कानुन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका केही कोर कर्मचारीहरु नआउँदा समस्या भएको उनको भनाई रहेको छ ।
हाल स्वईक्षीक अवकासको सुबिधा भएपनि ८० प्रतिशत सम्म कर्मचारी आउने प्रमुख सचिव पाठकले बताए । सबै मन्त्रालयका सचिवहरु आएको पनि राजस्व शाखाको कर्मचारी नहुँदा आर्थिक ब्यवस्थापन र कानुन निर्माणको लागी केही असुबिभा भएको बताए ।

कर्मचारीहरु अवश्यक परेमा जिल्ला प्रशाषन कार्यालयबाट कर्मचारी मगाईने बताउँदै कर्मचारी नभएपनि खासै काम नरोकिने बताए ।

सवारीको अभाव
प्रदेश नम्बर ५ मा १६ वटा  गाडि रहेपनि पर्याप्त नभएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । हाल प्रदेश सरकार संग १६ वटा गाडि रहेपनि अन्य कर्मचारीहरु पनि गाडि आवश्यक पर्ने र अझै सवारीको आवश्यक रहेको प्रमुख सचिव पाठकले बताए । प्रदेश सरकारको लागी न्युनतम ४० वटा गाडिहरु आवश्यक रहेको उनले बताए ।

शुन्य अवस्थाबाट शुरु भएको हुँदा केही भएन भनेर भन्नु भन्दा पनि आफै ब्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ