प्रदेश ७ को मुख्य न्यायाधिवक्तामा उपाध्याय नियुक्त
प्रकाशित २०७४ फागुन २३ बुधबार
1.1k
Shares
धनगढी । प्रदेश नं ७ को मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले प्रदेशको मुख्य न्यायाधिवक्तामा कुलानन्द उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको छ । अछामको तुर्माखात गाउँपालिका स्थायी ठेगाना भएका अधिवक्ता उपाध्याय विगत २३ वर्षदेखि धनगढीमा बसेर वकालत गर्दै आएका छन् ।
नेपाल बार एशोसिएशनको केन्द्रीय उपाध्याक्षसमेत रहेका ४६ वर्षीय उपाध्यायले संवैधानिक कानून, फौजदारी कानून र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
बैठकले चार सदस्यीय प्रदेश कानून मस्यौदा समिति गठन गर्ने निर्णय गरेको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । रासस