arrow

रणवीरले लगाए चाँदीको नथिया

रणवीर एक पत्रिकाको आवरणका लागि नाकमा नथिया पहिरिएर देखिएका छन् ।

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
Ranveer_N.jpg.jpeg
मुम्बई । बलिउड अभिनेता रणवीर सिंह फेसन फण्डा गर्न माहिर छन् । उनी कुन बेला कुन रुपमा बाहिर आउँछन् कसैलाई थाहा हुँदैन । यो पटक पनि रणवीर त्यस्तै अनौठो रुपमा बाहिर आएका छन्, जुन लुक्सलाई देख्दा सबै छक्क पर्छन । रणवीर एक पत्रिकाको आवरणका लागि नाकमा नथिया पहिरिएर देखिएका छन् ।

यो भन्दा अघि रणवीर अलग अलग रुपमा आइसकेका छन् । पछिल्लो फिल्म ‘बाजीराव मस्तानी’का लागि उनले कपाल काटेका थिए र जुँगा पनि बढाएका थिए । उनले एल अफिसियल नामक पत्रिकाको फेब्रुअरी अंकका लागि रणवीर चाँदीको नथिया लगाएर देखिएका छन् ।

रणवीर चाँडै नै आदित्य चोपडाको फिल्म ‘बेफिक्र’मा देखिँदैछन् । आगामी डिसेम्बरमा रिलिज हुन लागेको यो फिल्मममा आदित्यले पहिलो पटक शाहरुख खानलाई छाडेर रणवीरलाई लिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ