arrow

ब्रेकअपको संघारमा विराट–अनुष्का ?

समाचार अनुसार विराट र अनुष्काले दुवैको इन्स्टाग्राममा अनफलो गरेका छन् ।

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
VIRAT.jpg.jpeg
मुम्बई । सन् २०१६ को शुरुवात बलिउडका सेलिब्रेटी जोडीको ब्रेकअपकै लागि आएको जस्तो अहिले देखिन थालेको छ । फरहान अख्तर र अधुना अख्तर, क्याट्रिना कैफ र रणवीर कपुर, मलाइका अरोरा खान र अरबाज खानको ब्रेक अपको चर्चा सेलाउन नपाउँदै अर्को हिट जोडी क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको सम्बन्ध पनि त्यही अवस्थामा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार अनुसार विराट र अनुष्काले दुवैको इन्स्टाग्राममा अनफलो गरेका छन् । उनीहरुको इन्स्टाग्राफका एक फलोअर फ्यानका अनुसार दुवैले आफ्नो आफ्नो एकाउण्ट अनफलो गरेका छन् । 

ती फ्यानका अनुसार केही समय अघिदेखि विराटको इन्स्टाग्राम एकाउण्टमा केही समस्या आएको थियो, जसकारण उनको एकाउण्टबाट अटोमेटिक फलोअरहरु अनफलो र ब्लक भईरहेका छन् । तर दुवैले यो कुरालाई पुष्टि गरेका छैनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ