arrow

यू–१९ विश्वकप : नेपालको सम्मानजनक पहिलो हार, भारतसंग ७ विकेटले पराजित

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
nepal-VS-india--u-19.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल पहिलो हार बेहोरेको छ । शेर बंगला नेशनल स्टेडियममा टस जितेर फिल्डिङ रोजेको भारतले पाएको १ सय ७० रनको चुनौती १८.१ ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएपछी नेपाल पराजित भयो । 
 
पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रनको योफल बनाएको थियो ।  यू–१९ विश्वकपमा नेपालको यो दोस्रो भेट हो । सन् २००० को विश्वकपमा दोस्रो चरण पुगेको नेपालले भारतसंग पहिलो भेट गरेको थियो । सन् २००० को सुपर लिगमा नेपाल भारतसंग ८ विकेटले पराजित भएको थियो । 
 
नेपाललाई हराउन तत्कालिन अण्डर–१९ भारतीय कप्तान मोहम्मद कैफले ५७ रन बनाएका थिए । नेपालको व्याटिङ दबाउन युवराज सिंहले चार विकेट लिए । त्यसबेला नेपाली टोलीको नेतृत्व नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासले गरेका थिए ।
 
  • जितका लागि १ रन बाँकी ।  14:04:18

  • जितका लागि २ रन बाँकी ।  14:03:29

  • जितका लागि ६ रन बाँकी  13:59:32

  • जितका लागि ११ रन बाँकी  ।  13:55:01

  • आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेका सन्दिपले ५ विकेट लिएका थिए ।    जितका लागि २३ रन बाँकी ।  13:47:45

  • सन्दिप लामिछानेले विकेट चट्काए । किशान आउट भए ।  13:45:46

  • भारतको दोस्रो विकेट पतन । प्रेम तामाङले व्यक्तिगत दोस्रो विकेट लिए ।  13:43:49

  • जितका लागि ३६ रन बाँकी ।  13:39:49

  • भारतको पहिलो विकेट पतन  13:33:39

  • पन्त आउट । प्रेम तामाङले लिए विकेट । 13:32:54

  • सन्दिप लामिछाने बलिङमा । जादु गर्लान् उनी ।  13:29:52

  • नेपाल सन् २००० को सुपर लिगमा ८ विकेटले पराजित भएको थियो । त्यस बेला भारतीय कप्तान मोहम्मद कैफ थिए भने, नेपाली टोलीको नेतृत्व राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासले गरेका थिए ।  13:28:00

  • ७ ओभरमा ९३ रन । पन्तले १९ बलमा ५० रन क्रस गरेको रेकर्ड तोडे । उनले १८ बलमै ५८ रन बनाए ।  13:25:06

  • नेपालको फिल्डिङ फितलो ।  13:23:18

  • ४ छक्का र ८ चौकाको मद्दतले भारत ७५ रन बनाउँदै बलियो स्थितिमा ।   13:18:53

  • कुशल २ ओभरमा २२ रन । आरिफ शेख १ ओभरमा १८ रन । सुनील धमला १ ओभरमा १४ रन ।  13:17:11

  • ४ ओभरमा ३ बलमै ६० रन क्रस ।  13:15:06

  • ४ ओभरमा ५४ रन । बलिङ गर्न प्रेम तामाङ ।  13:14:12

  • चौकाको वर्षा । नेपाली बलिङ कमजोर ।  13:12:08

  • ३ ओभरमा ४० रन ।  13:10:18

  • आर आर पन्तले दुई छक्का ३ चौकाको मद्दतले १२ बलमा ३४ रन बताए ।  13:08:01

  • नेपालले सुन्दर क्याच फुत्कायो । भारतको छक्का । दोस्रो ओभरको समाप्तीमा २७ रन ।  13:05:32

  • भारतीय कप्तान इशान किशान र किपर रिशब पन्त क्रिजमा ।   13:03:36

  • एक ओभर सकियो । ९ रन ।  13:00:16

  • पहिलो ओभरमा नेपाली कुशल भूर्तेल बलिङ गर्दै । पहिलो बलमै चौका प्रहार ।  12:55:40

  • भारत जवाफी व्याटिङको तयारीमा ।  12:55:01

  • दुवै टोलीका खेलाडी मैदान प्रवेश ।  12:54:36

  • नेपालको इनिङ सकियो । ८ विकेटको क्षतिमा १ सय ६९ रन ।  12:38:01

  • १ ओभर बाँकी ।  12:27:54

  • नेपालको पहिलो छक्का ।  प्रेम तामाङले छक्का प्रहार गरे ।  12:26:45

  • यसअघि, सन्दिप सुनार र आरिफ शेखले समान ४–४ चौका प्रहार गरेका थिए ।  12:25:54

  • प्रेम तामाङको दोस्रो चौका ।  12:25:01

  • नेपालको चौका ।  12:24:11

  • ४६ ओभर सकियो । २ ओभर बाँकी  12:23:32

  • ८ विकेटको क्षतिमा १५१ रन ।  12:21:42

  • सुशील कंडेल क्रिजमा । १८ बलका लागि प्रेम तामाङसंग साझेदारी गर्नु पर्ने ।  12:18:24

  • ६८ बलमा ३५ रन बनाउँदै राजविर सिंह क्याच आउट ।  राजविर र प्रेमले ५० रनको साझेदारी गरे ।  12:16:30

  • नेपालको आठौं विकेट पतन ।  12:15:54

  • ६७ बलमा राजविर ३५ रन । प्रेम २८ बलमा १५ रन ।  12:15:25

  • ४४ ओभर सकियो । १ सय ४३ रन । ४ ओभर बाँकी  12:13:07

  • रन रेट ३.२३ । २३ ओभरमा ४.६० रन रेट थियो ।  12:11:28

  • ४३ ओभर सकियो । ७ विकेटको क्षतिमा १४० रन ।  12:09:37

  • घाइते अभेस मैदान छिरेपछि उनको पहिलो बलमै प्रेम तामाङले चौका प्रहार गरे ।  12:07:08

  • नेपालको चौका ।  12:05:34

  • घाइते भएका अभेस खान मैदान छिरे । बलिङमा अभेस ।  12:05:11

  • ४२ ओभरमा १३५ रन । ६ ओभर बाँकी  12:03:53

  • राजविर ६२ बलमा ३२ रन । प्रेम १५ बलमा ७ रन । 12:02:18

  • ४१.२ ओभरमा विकेटको क्षतिमा १२३ रनमा: नेपाल 12:00:15

  • विकेट पतनबाट बच्यो नेपाल । क्रिजमा प्रेम तामाङ र राजविर सिंह ।   11:58:29

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ