arrow

स‌ंघीय स‌ंसद्मा आज : प्रतिनिधि सभामा सभामुखको मनोनयन, राष्ट्रिय सभामा सपथ

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
parliament.png

काठमाडौं । शुक्रबार संघीय संसद्को दुबै सदनको बैठक बस्दैछ । संसद् भवन नयाँ वानेश्वरमा विहान १० बजे बस्ने प्रतिनिधि सभामा सभामुख पदको लागि मनोनयन हुने भएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सभामुखको लागि निर्वाचनका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, संघीय संसद् अन्तर्गत्को राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्रीसमेत रहेका डा। युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौड्याललाई सपथ खुवाउने तयारी भईरहेको छ । गत, फाल्गुन २१ गते सपथ खुवाउने भनिएपनि सर्वाेच्च अदालतमा उनीहरु विरुद्धको मुद्दा विचाराधीन रहेकोले उनीहरुको सपथ सरेको थियो । सर्वाेच्चले बुधबार उनीहरुलाई सपथको लागि बाटो खुल्ला गरिदिएपछि शुक्रबार उनीहरुको सपथ हुन लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ