arrow

सभामुखमा माओवादीबाट महराले उम्मेदवारी दिने

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
krishna-bahadur-mahara-new.jpg.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सभामुख पदमा पार्टी नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलबाट महराको नाम टुंगो लागेको माओवादी केन्द्रले जनाएको छ । विहीबार विहान भएको बैठकमा महरालाई सभामुख पदमा उम्मेदवार बनाउने सहमती भएको भएपनि यसको औपचारिक घोषणा भने शुक्रबार मात्रै गरिएको माओवादीले जनाएको छ । 

बाम गठबन्धनमा जोडिएका दुई दलहरु नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र सभामुख माओवादीका नेतालाई दिने सहमती अनुरुप शुक्रबार विहान १० बजेदेखि सुरु हुने सभामुखको मनोनयनमा माओवादीबाट महराले उम्मेदवारी दिँदैछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी दिनेबारे निर्णय गरिसकेको छैन 

शुक्रबार विहान १० बजेदेखि सभामुख पदको मनोनयन सुरु हुुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ