arrow

सभामुखमा महराको उम्मेदवारी दर्ता, नेम्वाङ प्रस्तावक 

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
mahara-speaker.jpg

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गरेका छन् । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ रहे । समर्थक शुक्रबार मात्रै माओवादी केन्द्रको प्रमुख सचेतक बनेका देव गुरुङ रहे ।  महराले संसद भवन पुगेर उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु सहभागि भए । 

माओवादी केन्द्रले विहान मात्रै महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी दर्ताको समय दिउँसो १ बजेसम्म तोकिएको छ ।महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताएका छन् । साथै उनले प्रमुख विपक्षी नेपाली कांग्रेससहितका दलको समर्थन पाउने समेत भनेका छन् । 

माओवादीबाट, सभामुखका लागि महरासँगै ओनसरी घर्ती, देव गुरुङ, लेखराज भट्ट र गिरिराजमणि पोखरेलको दाबी गरेका थिए भने एमालेबाट सुवास नेम्बाङले दावी गरिरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ