प्रदेश नं १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
611
Shares
विराटनगर। मुख्यमन्त्री शेरधन राईले प्रदेश नं–१ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गरेका छन्। नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। उच्च अदालतका न्यायाधीशसरह मर्यादा र सुविधा पाउने मुख्य न्यायधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहाकार हो।
मुख्य न्यायधिवक्तामा सिफारिस हुनुभएका आचार्य २०४६ सालमा अधिवक्ता हुनुभएको थियो भने २०७४ सालमा वरिष्ठ अधिवक्ता भएका थिए। उनी २०५७ सालमा नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष र मोरङ वार एशोसिएसनका अध्यक्षसमेत भइसक्नुभएको छ। रासस