arrow

महरा सभामुखमा निर्विरोध

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
krishna-bahadur-mahara.jpg

काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध भएकाछन्। सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको छ। यद्यपि उनी निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ।

नेकपा(एमाले)का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा उहाँले आज निर्धारित निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता गरेका थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित सभामुख पदमा उम्मेदवारी नदिएको जनाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक मत नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पारे।

सचिवालयले भोलि फागुन २६ गतेका लागि सभामुखको निर्वाचन र निर्वाचनका लागि आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ