arrow

महरा सभामुखमा निर्विरोध निर्वाचित

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
DPM-Krishna-Bahadur-Mahara-returns-from-China-aa.jpeg

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा शनिवार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६(३) बमोजिम महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे।

सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध भएको संघीय संसद् सचिवालयले जनाएको थियो ।

बैठकमा नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले महरालाई सभामुखमा निर्वाचित गर्न प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरे ।

सो बैठकमा प्रस्तावक तथा समर्थकले लामो संसदीय अनुभवको गरिमालाई कायम राख्दै संविधान कार्यान्वयनका लागि विभिन्न कानून तयार गर्नुपर्ने र मुलुकको समृद्धिका लागि संसद्लाई एक ढिक्का बनाएर अघि बढाउन महराको नेतृत्वले काम गर्नसक्ने अपेक्षा गरे।

सो प्रस्तावको समर्थनमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजालले समर्थन गरे। उनले सबै पक्षलाई समेटेर र आवश्यक पर्दा सरकारलाई सहयोग, सचेत र निर्देशन गर्नेगरी भूमिका निर्वाह गर्न आग्रह गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ