arrow

यू–१९ विश्वकप : नेपालको पहिलो हार, समूहको अन्तिम खेलमा भारतसंग ७ विकेटले पराजित

क्वार्टरफाइनल खेल विहिबार

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
nepal-VS-india--u-19.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल पहिलो हार बेहोरेको छ । समूहका अन्य खेलमा अपराजित नेपाल भारतसंग ७ विकेटले पराजि भएको हो । शेर बंगला नेशनल स्टेडियममा टस जितेर फिल्डिङ रोजेको भारतले पाएको १ सय ७० रनको चुनौती १८.१ ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएपछी नेपाल पराजित भयो । भारत समूह विजेता बन्दै क्वार्टरफाइनल पुगेको छ भने, समूह उपविजेता बनेको नेपाल समेत क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको छ ।  यी दुवै टोली आपसमा भिड्नु अघिनै क्वार्टरफाइन पुगिसकेका थिए । नेपाल १५ वर्ष पछि उमेर समूहको क्रिकेटको दोस्रो चरणमा पुगेको हो । नेपालले सन् २००० हार सुधारेको छ । पहिले ८ विकेटले हार्दा अहिले ७ विकेटले हारेको छ । 
 
भारतका लागि २४ बलमा ७८ रन वर्षाएका रिशब पन्त प्रेम तामाङको सिकार भए । उनले ५ छक्का र ९ चौकाको मद्दतले आश्चर्यजनक स्कोर बनाए । उनले यसअघि १९ बलमा ५० रन क्रस गरेको आफ्नै रेकर्ड तोड्दै १८ बलमै ५८ रन बनाए । अर्ध शतक पार गरेका कप्तान इशान किशानले ३ छक्का र ७ चौकाको मद्दतले ५२ रन बनाए । किशानलाई सन्दिप लामिछाने धमलाबाट क्याच गराए । किशान खेलको म्यान अफ द म्याच भए ।   
 
पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रनको योफल बनाएको थियो । नेपालका लागि सन्दिप सुनार, आरिफ शेख, राजविर सिंह र प्रेम तामाङले सम्मानजनक प्रदर्शन गरे ।   प्रेमले नेपालका लागि उत्कृष्ठ प्रदर्शन गरे । उनले १ छक्का २ चौकाको मद्दतले अविजित २९ रन बनाए । ओपनर सन्दिपले सर्वा्धिक ३७ रन बनाए । छैटौं विकेटका लागि राजविर सिंहले ३५ रन बनाए । यस्तै, चार चौका प्रहार गरेका आरिफ शेख २६ रन जोडेर आउट भए । कप्तान राजु रिजाल ६ रनमै आउट भए बलिङतर्फ भारतीय बलर अभेस खानले ३ विकेट लिए । मायाङ्क डगर र वासिङटन सुन्दरले समान २–२ विकेट लिए । 
 
समूहको पहिलो खेलमा नेपालले टेष्ट मान्यता प्राप्त न्यूजिल्याण्डलाई ३२ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आयरल्याण्डविरुद्ध आठ विकेटको शानदार जित निकाल्दै आफ्नो प्राकृतिक खेल कौशललाई छर्लङ्ग पारेको थियो । त्यस्तै, भारतले पहिलो खेलमा आयरल्याण्डलाई ७९ रनले पराजित गर्दा दोस्रो खेलमा न्यूजिल्याण्डलाई एक सय २० रनले पराजित गरेको थियो । 
 
यू–१९ विश्वकपमा नेपालको यो दोस्रो भेट हो । सन् २००० को विश्वकपमा दोस्रो चरण पुगेको नेपालले भारतसंग पहिलो भेट गरेको थियो । सन् २००० को सुपर लिगमा नेपाल भारतसंग ८ विकेटले पराजित भएको थियो । नेपाललाई हराउन तत्कालिन अण्डर–१९ भारतीय कप्तान मोहम्मद कैफले ५७ रन बनाएका थिए । नेपालको व्याटिङ दबाउन युवराज सिंहले चार विकेट लिए । त्यसबेला नेपाली टोलीको नेतृत्व नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासले गरेका थिए ।
 
क्वार्टरफाइनल भिडन्त बंगलादेश वा नामिबियासंग
नेपालले क्वार्टरफाइनलमा बंगलादेश अथवा नामिबियासंग खेल्नेछ । आयोजक बंगलादेश र नामिबिया दुवै विजयी हुँदै सोमबार क्वार्टरफाइनलमा स्थान पक्का गरे । लगातार दोस्रो खेल जित्नेक्रममा बंगलादेशले स्कटल्यान्डलाई १ सय १४ रनले र नामिबियाले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरे । समूह चरणको एक खेल अघि नै बंगलादेश र नामिबिया अघिल्लो चरण प्रवेश गर्दा डिफेन्डिङ च्याम्पियन दक्षिण अफ्रिका बाहिरिएको छ । नेपालको समूहमा रहेको आयरल्याण्ड र न्यूजिल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् । नेपालको क्वार्टरफाइनल खेल बिहीबार हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ