arrow

नुवाकोट काँग्रेसमा केसी बन्धु, महत बन्धु र तामाङको भिडन्त हेर्न लायक

आफू बलियो रहे्को केसी पक्षको दावी

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
mahat-tamang-kc.jpg.jpeg
नुवाकोट। नेपाली कांग्रेसको आउँदो १३ औँ महाधिवेशनको तयारीस्वरुप शुक्रवार नुवाकोटमा भएको विभिन्न गाउँ, नगर र वडा अधिवेशन सकिएपछि क्षेत्रीय र जिल्ला अधिवेशनको तयारी व्यापक छ। लामो समयदेखि केसी परिवार महत परिवारबीच जेलिएको राजनीति यो पटक पनि अछुतो छैन। पार्टी सभापति तथा सांसद जगदिशनरसिंह केसी र पार्टी सचिव रमेश महत दुई परस्पर विरोधी घरानाबाट छन्। उनीहरुले नैस्थानिय राजनीतिको नेतृत्व गर्छन। तर यो पटक महत पक्षबाट वहालवाला सचिव रमेश महत नै केसी पक्षबाट वहालवाला सभापति जगदिश नरसिंह केसीसँग भिड्ने तयारीमा छन्। 
 
केसी परिवारको उमेद्वारलाई टक्कर दिन महत परिवारले पार्टीका बरिष्ठ नेता शेर बहादुर देउवा निकट मानिने सांसद तथा निर्माण व्यवसायी बहादुर तामाङको साथ लिन खोजेका छन्। तर देउवा पक्षबाट तामाङ आफै उमेद्वार बन्न खोजेका छन्। तामाङ उमेद्वार बने भने रमेश महत नउठेर महतका दाजुभाई नै उनकै पक्षमा जाने देखिएको छ। केन्द्रीय राजनीतिमा संस्थापन र देउवाको अलग कित्तामा भएपनि स्थानिय राजनीतिमा केसी पक्षसँग टकराव लिन महत दाजुभाई एक छन्। काँग्रेस नेता अर्जुननरसिंह केसीलाई आफ्ना भाइहरुसहित नुवाकोट काँग्रेसका पूर्व सभापति ध्रुव अधिकारी सहितका नेता कार्यकर्ताको पङति समर्थनमा छ। 
 
चुनावी मैदानमा उत्रिएका तीन पक्षीय नेताहरु निकटको प्रतिष्पर्धामा मिश्रित परिणाम आउने अपेक्षा गरिएपनि अधिकाँश गाउँहरुमा केसी पक्षीय नेतृत्व विजयी भएको छ भने प्रतिनिधिहरु पनि त्यसैगरि चुनिन सफल भएका छन्। केन्द्रीय निर्देशन अनुसार नुवाकोटको विदुर नगरपालिका, नगरका ११ वडै वडा र ६१ गाविसमा शुक्रवार अधिवेशन सम्पन्न भइसकेका छन् ।
 
कांग्रेसको नुवाकोटमा यहि माघ २२ गते तीन वटै क्षेत्र र माघ २५ गते जिल्ला अधिवेशनको तयारी पुरा भएको छ। जिल्लाको विदुर नगरसहित अधिकांश गाविसमा सभापतिसहित पदाधिकारीसहित क्षेत्रिय प्रतिनिधिहरु चुनिएका छन् । त्यसमध्ये ६५ प्रतिशत प्रतिनिधि र गाउँ तथा वडा नेतृत्व केसी पक्षको पोल्टामा परेको दावी केसीपक्षको छ। साँसद तथा जिल्ला सभापति जगदिश्वर नरसिँह केसीका अनुसार तीनवटै क्षेत्रका निर्वाचन सम्पन्न भइसकेका गाउँमा सभापतिसहित प्रतिनिधिहरु आफ्नो पक्षमा बढी आएको जानकारी दिए। उनका अनुसार क्षेत्र नं. १ मा १९ गाविसमध्ये १५ गाविस सभापतिसहित केसी पक्षका ८० प्रतिशत स्थानमा विजयी भएका छन्। त्यसैगरी महत पक्षको प्रभाव क्षेत्र मानिएको क्षेत्र नं. २ मा ११ गाविसमा विजयी केसी पक्षले बफ्नो पक्षको विजय भएको र महत पक्षको अवस्था रक्षात्मकभएको केसी पक्षको दावी छ। क्षेत्र नं. ३ मा ८ गाविसमा केसी पक्ष बलिो रहेको  बताइएको छ। 
 
विदुरमा सम्पन्न नेपाली कांग्रेस विदुर नगर अधिवेशनले पुनः नेत्रप्रसाद ढकालको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । सचिवमा शेखर गजुरेलसहित ११ जना क्षेत्रिय अधिवेशन प्रतिनिधि चयन भएको छ । क्षेत्र नं. १ मा २०, २ मा २३ र ३ मा विदुर नगरसहित १८ गाविस रहेको नुवाकोटका ६१ मध्ये आधा भन्दा वढि गाविसमा निर्विरोध पदाधिकारी चयन भएको र अन्यमा निर्वाचन भएको नेपाली कांग्रेस नुवाकोटका सभापति तथा सांसद जगदीश्वरनरसिह केसीले जानकारी दिए।
 
आगामी चार वर्षे कार्यकालका लागि भएको अधिवेशनमा नुवाकोटको लच्याङमा सभापति सिंहवहादुर तामाङ, सचिवमा पुर्ण तामाङसहित ११ सदस्यीय कार्य समिति निर्विरोध चयन भएको कांग्रेस नुवाकोटका सचिव रमेशकुमार महतले जानकारी दिए। सुर्यमतिमा सभापति परशुराम लामिछाने, कुमरीमा लेखनाथ मुडवरी, थानसिहमा विनोद पाठक, लिखुमा रामहरि थापा, समुन्द्रादेवीमा लालवहादुर तामाङ, सुनखानीमा माधव भेटुवालको टोली निर्वाचित भएका छन्।
 
यसैगरी, तारुकामा हरि श्रेष्ठ, कल्याणपुरमा हरेराम पौडेल, भद्रुटार मधु थापा, कविलासमा माधव खनाल, गाउंखर्कमा रोजलाल मोक्तान, नर्जामण्डपमा रामेश्वर भण्डारी, वागेश्वरीमा सन्तमान घले, वेतिनीमा वीरमान तामाङ, राउतवेशीमा कुमार घर्ती, हल्देकालिकामा रामशरण राई, थानापति रामकृष्ण ढुंगेल, चाउथेमा रमेश ढुंगानाको टोली निर्वाचित भएका छन् । सोहि क्रममा नुवाकोटमा यस पटक अर्जुननरसिह केसी, डा. रामशरण महत, डा. प्रकासशरण महत तथा महासमिति सदस्य वहादुरसिह तामाङ पक्षीय कार्यकर्ताहरु चुनावी मैदानमा भिडेका छन्। 
 
नुवाकोटका सबै ६१ गाविस र विदुर नगरपालिकाका ११ वटा वडाबाट ६ सय ३९ क्षेत्रिय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी सदस्य निर्वाचित हुने काँग्रेस निर्वाचन समिति नुवाकोटको संयोजक सागर विष्टले जानकारी दिए। देशमा २०५४ सालयता स्थानीय तहको निर्वाचन हुन नसकेको अवस्थामा हुन लागेको काँग्रेसको यस अधिवेशनले स्थानीय तहमा थोरै भए पनि प्रजातान्त्रिक अभ्यासमा जनसहभागिता बढाउने विश्वास लिइएको नेपाली कांग्रेस नुवाकोटका सचिव लक्ष्मण श्रेष्ठले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ